ताजा अपडेट

ट्रेन्डिङ

एस एस अब नयाँ भवनमा

Gyan Khabar

ज्ञानखबर

सोम, असार २३, २०८२
1455 पटक हेरिएको
एस एस अब नयाँ भवनमा

बिगत १९ बर्षदेखि ‘चम्किने घोडा होइन, हात्ती जस्तै लम्केर गन्तव्यमा पुग्न सकिने’ मान्यता बोकेर आफ्नो बेग्लै पहिचान बनाउन सफल एस एस कलेजले एस एस चोकमा निर्मित अत्याधुनिक सुबिधा सम्पन्न नयाँ भवनमा २० औं ब्याचको लागि कक्षा ११ मा नयाँ विद्यार्थीहरू भर्ना आव्हान गरेको छ।

एस एस कलेजले भक्तपुर जिल्लालाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गराउने लक्ष्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मध्यपुर ठिमी – ४ अवस्थित यस कलेज शिक्षा क्षेत्रमा समर्पित शिक्षासेवीहरूको पहलमा वि.सं. २०६३ सालमा स्थापना भएको हो । समाजका सबै तहका अभिभावकहरूको पहुँचमा रहने गरी समय सापेक्ष शिक्षा उपलब्ध गराउने यस कलेजको उद्देश्य रहेको छ ।

यस संस्था अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन लिई कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, एवं मानविकी समूहका कक्षाहरू सञ्चालित छन् । यसै गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक तहमा व्यवस्थापन संकायतर्फ बि बि एस एवं मानविकी संकायतर्फ बि एस डब्लुका कक्षाहरू सञ्चालित छन् ।
आत्मीयता, मानवीयता, राष्ट्रियता तथा “वसुधैव कुटुम्बकम्” को भावनालाई आत्मसात गर्ने यस कलेजले विद्यार्थीहरूलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ ।

सीपमूलक तथा व्यवसाय उन्मुख शिक्षाले नै विद्यार्थीले समयको गतिमा आफूलाई समाहित गर्न सक्छन् भन्ने कुरामा विश्वस्त यस कलेजले समय समयमा आवश्यक तालिम शैक्षिक भ्रमण, कार्यशाला, स्थलगत अध्ययन तथा आधुनिक प्रविधिलाई अधिकतम उपयोग गर्ने गर्दछ । सुविधा सम्पन्न कक्षाकोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालाका साथै पुस्तकालयको उचित व्यवस्था भएको यस कलेजले यस शैक्षिक सत्र देखि भौतिक पूर्वाधार एवं खेलकुदको विशेष व्यवस्था गरेको छ। कलेज परिसर भित्रै फुटसल, बास्केटबल कोर्टको व्यवस्था भएको एस कलेजमा टेबल टेनिस, पुल, टेबल फुटबल, स्केटिंग, चेस, लगायतका खेलकुदको लागि उचित व्यवस्था गरिएको छ। कलेजमा सफा पिउनेपानी तथा क्यान्टिनको व्यवस्थासहित यातायातको सुविधा उपलब्ध छ ।

निरन्तर उत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको यस कलेज बारम्बार जिल्लामा सर्वोत्कृष्ट एवं बोर्ड द्वितीय हुन सफल आफूलाई बोर्ड टपर स्ट्याटस भएको कलेजको रुपमा आफूलाई उभ्याउन सफल छ भने हालै भएको स्नातक तह प्रथम बर्षको परीक्षामा निशेष खड्का उपत्यका प्रथम हुन सफल भएका छन् । हालसम्म नेपालका विभिन्न ७० भन्दा बढी जिल्लाबाट आएका विद्यार्थीहरू देश तथा विदेशका चिकित्सा, इन्जिनियरिङ्ग, विज्ञान, बैकिङ, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा आफूलाई प्रतिष्ठित बनाउन सफल हुनु यस कलेजको सफलता हो ।

20250707 104725

शिक्षा राष्ट्रको मेरुदण्ड भन्ने मूल मन्त्र लिई अगाडि बढेको यस कलेज देशका सहरी क्षेत्रका विद्यार्थीहरूमा मात्र केन्द्रित नभई दुर्गम तथा पिछडिएका राष्ट्रको निम्ति लागीपरेका खेलाडीहरू एवम् सहिदका सन्ततीहरूलाई विशेष छुट तथा प्रोत्साहन प्रदान गरी शैक्षिक उचाइतिर अग्रसर छ । राष्ट्रिय उद्देश्यको परिधिमा समाहित हुँदै विश्वलाई साझा घरको रूपमा लिई सबैलाई शिक्षा, शान्ति र समृद्घिको पथतिर उन्मुख गराउने पवित्र लक्ष्य यस कलेजको रहेको छ । अतः एस.एस.कलेज सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शुभेच्छुकहरूको उत्साहप्रद सहयोगले अगाडि बढ्दै राष्ट्रको ख्याति प्राप्त कलेजको रूपमा आफूलाई स्थापित गरेको छ ।