संस्थागत विद्यालय संध नेपाल इसान जिल्ला समितिकाे आयाेजना र विद्या आर्जन सेकेन्डरी स्कुलको संयाेजनमा २११ आौ भानु जयन्तीकाे अवसरमा अन्तर इसान खुल्ला जिल्ला स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि इसानक केन्द्रीय अध्यक्ष प्रेमजन थापाले कविता समाज परिवर्तनको लाग सृजना गर्नु पर्ने बताउँदै कविताकै माध्यम जनताको समस्या उजागर गर्नुपर्ने बताए।
इसानले विद्यार्थी बीच कविता लेखनमा उत्साही बनाउन ,कविताकै माध्यमबाट समाजमा ब्याप्त कुरीति हटाउन र बिकृति उजागर गर्न प्रतियोगिता सफल हुने विश्वास ब्यक्त गर्दै उनले प्रतियाेगीहरुलाई गरिब जनताको उत्थानकाे निम्ति कविता सृजना गर्न र भूगोल ,इतिहास ,साहित्य ,संस्कृति आदिबारे अध्ययन गर्न सुझाव दिए।
प्रतियोगिता संयाेजन विद्यालयका प्रिन्सिपल एवं इसानकाे केन्द्रीय महासचिव पुरुषाेत्तम ग्वाछाले स्वागत मन्तब्य राख्दै साहित्य सृजनामा इसान अन्तरगतका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई थप अग्रसरता दिन प्रतियोगिता आयाेजना गरेको बताए ।
इसान भक्तपुर जिल्ला अध्यक्ष एवं हिमालयन ग्लाेरीकाे प्रिन्सिपल कृष्ण राम त्वानाबासुकाे सभापतित्वमा भएको प्रतियोगितामा जीवनाथ अधिकारी र दीनानाथ पाेख्रेलले निर्णायककाे भूमिका निभाएका थियोे ।
१३ वटा विद्यालयका २४ जना प्रतियाेगी सहभागीता रहेको सो प्रतियोगितामा सूर्य दीप सेकेन्डरी स्कूलले प्रथम, फ्युचर स्टार सकेण्रीस्कूलले दितीय , ब्राइट स्टार सेकेन्डरी स्कूलले तृतीय र लीशा सेकेन्डरी स्कूलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन।
बिजेताहरुलाई प्रमुख अतिथि थापाले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागी विद्यालयलाई मायाकाे चिन्ह र प्रमाणपत्रले सम्मान गरेका थिए। कार्यक्रम संचालन र धन्यवाद ज्ञापन विद्यालयका शिक्षक सुमन तामाङले गरेका थिए।