ताजा अपडेट

ट्रेन्डिङ

बालप्रभा मावि एसईईमा शतप्रतिशत नतिजा: नगर प्रमुखद्वारा सम्मान

Gyan Khabar

ज्ञानखबर

सोम, असार ३०, २०८२
65 पटक हेरिएको
बालप्रभा मावि एसईईमा शतप्रतिशत नतिजा: नगर प्रमुखद्वारा सम्मान

युसेप नेपाल सानोठिमीद्वारा सञ्चालित बाल सुधार गृह लक्षित विद्यालय, बालप्रभा माध्यमिक विद्यालयले एसईई २०८१ मा शतप्रतिशत नतिजा हासिल गरेको छ।

विद्यालयबाट परीक्षा दिएका १९ जना विद्यार्थी नै उत्तीर्ण भएका छन्, जसले मध्यपुर थिमि नगरपालिकाका सामुदायिक विद्यालयहरूमा एउटा नयाँ कीर्तिमान स्थापित गरेको छ।

यस उल्लेखनीय उपलब्धिको अवसरमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आज विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूलाई सम्मान गरे। उनले विद्यालयको निरन्तर परिश्रम, समर्पण र सुधार गृहका बालबालिकाको दृढ इच्छाशक्तिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै प्रेरणादायी नतिजाको अपेक्षा गरेको बताए।

विद्यालयका प्रधानाध्यापक राज्यलक्ष्मी श्रेष्ठले विद्यार्थीहरूको सफलतामा सुधार गृहको सकारात्मक वातावरण, शिक्षकहरूको अथक मिहिनेत र युसेप नेपालको व्यवस्थापकीय सहकार्यले महत्त्वपूर्ण भूमिका खेलेको बताए।