ताजा अपडेट

ट्रेन्डिङ

बासु आइडल सिजन-३ र बासु जुनियर आइडल सिजन-१ सुरु, विद्यार्थीमाझ उत्साह

Gyan Khabar

ज्ञानखबर

शुक्र, साउन २, २०८२
219 पटक हेरिएको
बासु आइडल सिजन-३ र बासु जुनियर आइडल सिजन-१ सुरु, विद्यार्थीमाझ उत्साह

विद्यार्थीहरूको लुकेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथ बासु माध्यमिक विद्यालयमा बासु आइडल सिजन-३ र बासु जुनियर आइडल सिजन-१ यही असार २७ गते शुक्रबारदेखि सुरु भएको छ।

दुई सिजन सफल भइसकेको बासु आइडल केही समयको अन्तरालपछि यस वर्षबाट पुनः सुरु भएको हो, जसले विद्यार्थीहरूमाझ नयाँ उत्साह थपेको छ।

विशेषगरी कक्षा ८, ९ र १० का विद्यार्थीहरू सहभागी हुने यो प्रतियोगितामा यस वर्षदेखि कक्षा ५, ६ र ७ का साना विद्यार्थीहरूका लागि बासु जुनियर आइडल सिजन-१ पनि सुरु भएको छ। यसले गर्दा अझ धेरै विद्यार्थीले आफ्नो गायन प्रतिभा देखाउने अवसर पाएका छन्।

प्रतियोगितामा सिनियरतर्फ १५ जना र जुनियरतर्फ ३० जना प्रतियोगीहरूले भाग लिइरहेका छन्। असार २७ गते अडिसन राउन्ड सम्पन्न भइसकेको छ। साउन २ गते सम्पन्न ट्र्याक सिङ्गिङ राउन्डमा प्रधानाध्यापक रविलाल प्रधानले विजेतालाई प्रदान गरिने ट्रफीको अनावरण गरेको छ।

Messenger creation F29B5741 B86B 4F3C 9E3D 5A604DF5F692

प्रतियोगिताको आन्तरिक दुई चरणका लागि निर्णायकको भूमिका शिक्षक रामहरि ताम्राकार र शिक्षिका रीता सुवालले निर्वाह गरेका छन्। साउन ९ गते हुने ग्रान्ड फिनालेबाट यस वर्षको बासु सिनियर आइडल र बासु जुनियर आइडल चयन गरिनेछ। ग्रान्ड फिनालेमा पाहुना निर्णायकको पनि उपस्थिति रहने आयोजकले जनाएको छ।

Messenger creation FBF7921D 43B8 463F A8FF 81A68F7702C3