ताजा अपडेट

ट्रेन्डिङ

मङ्गल माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना, पूर्व-उपरथी कार्कीद्वारा १ लाख सहयोग

Gyan Khabar

ज्ञानखबर

शनि, साउन १०, २०८२
341 पटक हेरिएको
मङ्गल माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना, पूर्व-उपरथी कार्कीद्वारा १ लाख सहयोग

मङ्गल माध्यमिक विद्यालयमा २०८२ साउन ९ गते शुक्रबार आयोजित एक विशेष समारोहमा विद्यालयको शैक्षिक विकासका लागि १ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ।

बधाई तथा बिदाइ र छात्रवृत्ति वितरण कार्यक्रमका विशिष्ट अतिथि, पूर्व सुरक्षाकर्मी परिषद्का संरक्षक तथा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं चन्द्रागिरि नगरपालिका वडा नं. १४ का वडाध्यक्ष श्री राजभाइ महर्जनलाई हस्तान्तरण गरेका थिए।

सोही अवसरमा उपरथी कार्कीले २०८१ सालको एसईईमा सर्वाधिक जीपीए हासिल गर्ने पूर्व क्याडेट अर्जुन पाण्डेलाई नगद रु १०,०००/- पुरस्कार प्रदान गरी सम्मान गरेका थिए।

FB IMG 1753491294223

साथै कार्यक्रममा एसईईमा शत प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउन सफल ‘कार्यालय सञ्चालन र लेखा’ विषयकी शिक्षक भावना महर्जन र ऐच्छिक गणित विषयका शिक्षक देव थापालाई विद्यालयले नगद पुरस्कारसहित सम्मान गरिएको थियो।