ताजा अपडेट

ट्रेन्डिङ

नेपाल-जापान सम्बन्ध: मित्रता र विकासको सेतु

Gyan Khabar

ज्ञानखबर

बुध, साउन १४, २०८२
32 पटक हेरिएको
नेपाल-जापान सम्बन्ध: मित्रता र विकासको सेतु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तज्यू र नेपाल स्थित जापानका महामहिम राजदूत माएडा तोरुबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भेटघाट सम्पन्न भएको छ।

महामहिम राजदूत माएडा नेपाल प्राकृतिक रुपले सुन्दर देश भएको र नेपालीहरुको व्यवहार अत्यन्त मित्रतापूर्ण रहेको बताए । उनले आगामी वर्ष नेपाल जापान सम्बन्धको ७० औं वर्ष पुग्ने बताउँदै जापान र नेपालबीच सरकारी र व्यक्तिगत तहमा समेत सौहार्द सम्बन्ध रहेको बताए ।

महामहिम राजदूतले जापानमा धेरै संख्यामा नेपालीहरु रहेको र जापानमा रहेका नेपाली समुदाय सकारात्मक रहेको बताए। जापान सरकारले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको, नेपालका दुर्गम क्षेत्रका विद्यालयमा र त्रिभुवन विश्वविद्यालयमा समेत सहयोग गर्दै आएको बताए। जापानको नेपालमा सहयोग गर्नुको कुनै रणनितिक स्वार्थ नरहेको र आर्थिक विकासमा चासो रहेको धारणा समेत उहाँले राख्दै राजदूत माएडाले नेपालका दक्ष जनशक्ति कुनै समयमा नेपाल फर्कने र देशमा लगानीको वातावरणका लागि सहयोगी हुने विश्वास व्यक्त गरे।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पन्तले जापान निकै सुन्दर देश रहेको र नेपालको समग्र विकासमा जापान सरकारले सहयोग गर्दै आएको बताए। नेपाल–जापानको औपचारिक सम्बन्ध शुरु हुनु पूर्वदेखि नै नेपाल र जापान बीच जनस्तरमा सम्बन्ध रहेको, धेरै नेपालीहरुले जापान गएर उच्च शिक्षा अध्ययन गरेको तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेको बताए। नेपालले जापानबाट सिक्नु पर्ने धेरै विषय रहेको धारणा व्यक्त गर्नु हुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको हैसियतले आफ्नो विशेष जोड शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा सहकार्यका विषयमा रहने धारणा राखे।

जापानबाट प्राप्त सहयोगलाई नेपाली जनताले हार्दिकतापूर्वक लिएको बताउदै मन्त्री पन्तले जापानले प्रविधि क्षेत्रमा गरेको विकासलाई नेपालले आफ्नो शिक्षा क्षेत्रमा अनुसरण गर्न सकिने विषय भएको र यस क्षेत्रमा जापानको सहयोग बढ्ने आशा व्यक्त गरे ।