ताजा अपडेट

ट्रेन्डिङ

ईप्सन वादविवाद सम्पन्न, क्वालिटी र युनिटी विजयी

Gyan Khabar

ज्ञानखबर

बिहि, साउन २२, २०८२
672 पटक हेरिएको
ईप्सन वादविवाद सम्पन्न, क्वालिटी र युनिटी विजयी

एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन भक्तपुर) को दोस्रो प्रतियोगितात्मक कार्यक्रम वादविवाद प्रतियोगिता २०८२ श्रावण २२ गते बिहिवारका दिन सदस्य विद्यालय ईडेन ईङ्ग्लिस स्कुलको आयोजनामा सम्पन्न भको छ।

छात्रहरुका लागि ‘शिक्षाको उदेश्य अंक होइन, व्यवहारिक ज्ञान हुनुपर्दछ’ तथा छात्राहरुका लागि ‘विद्यार्थीलाई संजाय होइन, प्रोत्साहन आवश्यक छ’ भन्ने बिषयमा सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराईएको वादविवाद कार्यक्रममा साहित्यकार तथा नेपाली छन्द साहित्यमा सबैभन्दा ठूलो महाकाव्य रचनाकर्ता चन्द्र प्रसाद न्यौपाने तथा साहित्यकार तथा कवि जीवनाथ अधिकारीद्वयले निर्णायकको भुमिका निभाएका थिए।

कार्यक्रममा छात्र तर्फ क्रमशः क्वालिटी ईङ्ग्लिस स्कुलका कक्षा ६ का अभिषेक दुलालले प्रथम, सेन्ट जोन्स ईङ्ग्लिस स्कुलका सम्राट नेपालले द्वतिय, हिमाल एकेडेमीका प्रज्जवल वाग्लेले तृतिय र सुर्योदय सेकेण्डरी स्कुलका रियान बनमालाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

20250807 200946

त्यसैगरी, छात्रा तर्फ युनिटी ईङ्ग्लिस स्कुलकी दीपशिखा भट्टले प्रथम, सेन्ट जोन्स ईङ्ग्लिस स्कुलकी इटुसा लिम्बुले द्वतिय, सुर्योदय सेकेण्डरी स्कुलकी प्रशंसा गोलेले तृतिय र विमल मेमोरियल बिद्यापिठकी प्रविधी खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष जी.वी. खड्का, उपाध्यक्ष विजय कर्माचार्य तथा आयोजक विद्यालयका सह प्रधानाध्यापक अनिस राईले विजयी छात्र तथा छात्रालाई पुरस्कृत गरेका थिए।

कार्यक्रममा अध्यक्ष जी.वी. खड्काले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप आयोजना गरिने यस्ता कार्यक्रमले भोलिका असल नागरिक बनेर देश तथा समाजको उन्नयनमा लाग्न सहयोग पुर्याउने कुरा आफ्नो मन्तव्य मार्फत राखेका थिए।

कार्यक्रमका सभापति अनिस राईले ईप्सनले गर्ने गरेका यस्ता प्रतियोगितात्मक कार्यक्रममार्फत विद्या्थीले प्लेटफम प्राप्त गरेको बताए।

यसैगरी ईप्सनले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका लागि भाद्र महिनामा लोक नृत्य प्रतियोगिता आयोजना गर्ने समेत जानकारी गराएको छ।