ताजा अपडेट

ट्रेन्डिङ

प्याब्सन भक्तपुरको आयोजनामा प्याब्सन गायन तारा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, साउन २९, २०८२
614 पटक हेरिएको
प्याब्सन भक्तपुरको आयोजनामा प्याब्सन गायन तारा सम्पन्न

प्याब्सन जिल्ला कमिटी भक्तपुरको आयोजनामा ‘प्याब्सन गायन तारा’ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। विभिन्न विद्यालयका विद्यार्थीहरूले यस प्रतियोगितामा आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा मोर्डन इ. स्कुलले प्रथम स्थान हासिल गर्न सफल भए। उत्कृष्ट गायन र आकर्षक प्रस्तुतिको लागि उनीहरूलाई यो सम्मान दिइएको हो। त्यसैगरी, साहारा राष्ट्रिय विद्यालयले दोश्रो र मेरिगोल्ड इ. बोर्डिङ स्कुलले तेश्रो स्थान प्राप्त गर्न सफल भए। साथै, एभरेष्ट इ. स्कुल, विङ्स एकेडेमी, चाणक्य सेकेन्डरी स्कुल, प्रेसस इ. स्कुल र मित्रश्री पाठशालाले सान्त्वना स्थान हासिल गरे।

20250814 080150

कार्यक्रमका संयोजक तथा जिल्ला उपाध्यक्ष विजय कर्माचार्यको सभाध्यक्षतामा पुरस्कार वितरण समारोह सम्पन्न भयो। समारोहमा केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापा, जिल्ला अध्यक्ष राजन कसपाल, केन्द्रीय कोषाध्यक्ष गणेशबाबु पोखरेल, केन्द्रीय उपमहासचिव भुवनलाल श्रेष्ठ, बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराना कार्की लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा चर्चित गायकहरू लोचन भट्टराई, कोमल महर्जन र नारायण ओलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा लोकप्रिय बाल कलाकार अशोक दर्जीले पनि आफ्नो प्रस्तुति दिएका थिए, जसले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्‍यो।
कार्यक्रमको सञ्चालन ECA उपसमितिका सदस्य राम निरौलाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन ECA उपसमितिका सहसंयोजक कृष्ण कार्कीले गरेका थिए।

FB IMG 1755137612730

FB IMG 1755137569983

20250814 080245