ताजा अपडेट

ट्रेन्डिङ

सन्तति आविका विद्यार्थीद्वारा जनज्योति पुस्तकालयको अध्ययन भ्रमण

Gyan Khabar

ज्ञानखबर

आइत, भदौ १५, २०८२
314 पटक हेरिएको
सन्तति आविका विद्यार्थीद्वारा जनज्योति पुस्तकालयको अध्ययन भ्रमण

सिर्जनानगर नपली १ स्थित सन्तति आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ६ र ७ का विद्यार्थीहरूले १८ औँ पुस्तकालय दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा संचालित जनज्योति पुस्तकालयको अध्ययन भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा जनज्योति पुस्तकालयका शाखा प्रमुख भूपाल मूलले पुस्तकालयको प्रयोग र महत्त्व बारे विद्यार्थीहरुलाई जानकारी दिँदै हरेक क्षेत्रमा अनुशासित भई शिक्षकशिक्षिकाले दिईएको जिम्मेवारी विद्यार्थी स्वयम् को लागि मार्गनिर्देश हुने बताए।

पुस्तकालयका प्राविधिक कर्मचारी श्रीराम कासिछ्वाले ई पुस्तकालयको प्रयोग र त्यसले शिक्षण सिकाईमा पार्ने प्रभावबारे जानकारी दिए।

विद्यालयका शिक्षक सत्यराम कासिछ्वाले १८ औँ पुस्तकालय दिवसको नारा “हाम्रो पुस्तकालय: हाम्रो भविष्य ” लाई व्यवहारिक रूपमा बुझ्न बुझाउन विद्यार्थीहरुले पुस्तकालयहरुको अध्ययन भ्रमण गरि आफ्नो अध्ययन गतिविधिलाई जोड दिने जानकारी दिए ।

भ्रमणमा सकृयतापूर्वक विद्यार्थीहरूले सामान्यज्ञान, नेपालभाषाका पुस्तक, विभिन्न साहित्यकार जीवनी, विज्ञान प्रविधि तथा रोचक कथाहरुको अध्ययन गरेका छन् ।