चर्चित Reality Show Voice of Bagiswori काे चाैंथाे संस्करणकाे Grand Finale काे तयारीमा जुटिरहेका छन् तयारी समिति र गत मंगलवार बसेकाे समितिकाे बैठकले आकर्षक नगद पुरस्कार र थुप्रै उपहारहरुकाे घाेषणा गरे पश्चात प्रतिराेगीहरुमा थप उत्साहकाे तरङ्ग पैदा गरिदिएकाे छ।
भक्तपुरका लाेकप्रीय गायक रवि हाडा VoB Season4 काे Grand Finale Roundमा विशेष अतिथि भई आउने कुरा पक्का भइसकेकाे छ।नेपाली र नेपालभाषाका गरी आफ्नै ३०० वटा गीत र नेपाली,नेपालभाषा र हिन्दी भाषाका गरी करिव ५०० वटा भन्दा बढी ” कभर सङ” गाइसक्नु भएका Hada Brothers’ U tube Channel र Face Book page का Director,Producer तथा content creator चीरपरिचित गायक रवि हाडाकाे गायनयात्रा वि.सं. २०४४ सालदेखि शुरु भएकाे भन्नु हुन्छ।वि.सं.२०५५ साल( ने. सं.१११८) देखि अनवरत रुपमा नेपाल भाषा साहित्य त:मुँज्या:काे लसकुस म्ये( स्वागत गीत)गाउँदै स्वयम् सेवा प्रदान आउनु भएका गायक हाडाले ने.भा.सा. त:मुँज्याकाे यस वर्षकाेफ२५ अैां संस्करणमा लसकुस म्ये( स्वागत गीत) गाउँदै हुनुहुन्छ।
वि.सं.२०२२ साल असाेज ८ गते भक्तपुर नगरपालिका वडानं २ इताछे टाेलमा पिता लाेकप्रीय गायक नगेन्द्ररत्न हाडा र माता जानकीदेवी हाडाका जेष्ठ सुपुत्रका रुपमा जन्मनु भएका गायक हाडाले आफ्नै पिताजीबाट गायन कला सिक्नु भयाे र स्वर अभ्यास गर्नुभयाे।साथै अध्ययनकाे सिलसिलामा उहाँले शिक्षाशास्त्र तर्फ अँग्रेजी विषयमा स्नातक तहसम्मकाे उच्च अध्ययनत पूरा गर्नु गर्नुभयाे।हालसम्म ३ वटा एकल गीति एल्बम सार्वजनिक गरिसक्नु भयाे र १ वटा long play 33.3rpm record गराइसक्नु भएका भक्तपुर एफएम १०५.४ मे.ह.का पूर्व अध्यक्ष गायक रवि हाडाकाे उपस्थितिले Voice of Bagiswori Season4 काे Grand Finaleकाे मञ्च उत्सवमय हुने कुरामा दुईमत नहाेला।दर्शकवृन्द ! वागीश्वरी मा.वि. भादगाउँ टेलिभिजनबाट हुने यस रियालिटी शाे अवश्य हेर्नुहाेला।प्रतीक्षा गर्नुस्।