ताजा अपडेट

ट्रेन्डिङ

जिल्ला स्क्र्याबल च्याम्पियनसिपमा विनायकका विद्यार्थीहरू सर्वोत्कृष्ट

Gyan Khabar

ज्ञानखबर

शनि, भदौ २१, २०८२
156 पटक हेरिएको
जिल्ला स्क्र्याबल च्याम्पियनसिपमा विनायकका विद्यार्थीहरू सर्वोत्कृष्ट

विद्यार्थीहरूमा अङ्ग्रेजी भाषाको ज्ञानको क्षितिजलाई फराकिलो बनाउने तथा खेलको माध्यमबाट उनीहरूको सिर्जनात्मक, सहयोगात्मक र विश्लेषणात्मक (critical) सोचाइ अब्बल बनाउने उद्देश्य राखी २०८२ भाद्र २० गते पाँचौं जिल्ला स्क्र्याबल च्याम्पियनसिपको आयोजना गरेको छ।

भक्तपुर जिल्लाका १७ सदस्य विद्यालयहरूमध्ये ११ वटा विद्यालयका २२ जना विद्यार्थीहरु प्रत्यक्ष सहभागी भएका थिए। आयोजक विद्यालयका नवरत्न लाइफ स्कुलका सहायक प्रिन्सिपल नरेन्द्र श्रेष्ठको सभापतित्व र प्याब्सन मध्यपुरका उपाध्यक्ष एवं लर्डबुद्ध इङ्लिस स्कुलका प्रिन्सिपल श्री बुद्ध बाडेको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा स्क्र्याबल क्लब अफ भक्तपुरका जिल्ला संयोजक प्रेमप्रसाद निरौला, नवरत्न लाइफ स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र तबुन्जा श्रेष्ठ, एडभान्स एकेडेमीका प्रिन्सिपल सोमकृष्ण प्रजापति, स्क्र्याबल क्लब अफ भक्तपुरका पूर्व जिल्ला संयोजक एवं गोल्डेन गेट स्कुलका प्रिन्सिपल सिंह लामा, २०८३ सालको जिल्ला च्याम्पियनसिप आयोजक विद्यालय क्रिएटिभ लर्नर्सका प्रिन्सिपल कृष्णहरि घवा श्रेष्ठ, सिवर्ड कलेजकी प्रिन्सिपल प्रेमकेशरी शाक्य लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरू अतिथिको रुपमा रहनुभएको थियो।

जम्मा पाँच राउन्ड Wespa को नियम अनुसार खेलाइएको उक्त प्रतियोगिताले यही २०८२ असोज २८ देखि ३० सम्म हेटौडा स्थित बालजागृति स्कुलमा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपका लागि सात जना विद्यार्थीहरु छनोट गरेको छ। जसमा विनायक शिक्षा निकेतन इङ्लिस स्कुल तुलज प्रजापति प्रथम सुजिना कुम्पाख द्वितीय र विनायक शिक्षा निकेतनकै व्यवस्थापनमा सञ्चालित अरुणदय स्कुलका प्रतिक ढुंगेल तृतीय र सागर दुलाल आठौँ हुन सफल भएका थिए।

20250908 085733 scaled

उक्त प्रतियोगितामा सम्पूर्ण राउन्ड जित्दै विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका छात्र तुलज प्रजापति सर्वोत्कृष्ट भक्तपुर च्याम्पियन बन्न सफल भएका थिए।

कार्यक्रममा सहभागी तथा छनोट हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिँदै आगामी राष्ट्रिय र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि उत्कृष्टता हासिल गर्दै भक्तपुरको नाम उच्च राख्न सम्पूर्ण वक्ता अतिथिहरुले हौसला प्रदान गर्नुभएको थियो।

स्मरण रहोस्, विनायक शिक्षा निकेतनका छात्र तुलज प्रजापतिले २०८१ सालमा जिल्लाबाट सर्वोत्कृष्ट हुँदै गुल्मीमा आयोजित राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट हुँदै अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा छवटा देशका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गरी उत्कृष्ट चौथो हुन सफल भएका थिए।