ताजा अपडेट

ट्रेन्डिङ

भ्वाइस अफ वागीश्वरी सिजन ४ सम्पन्न, अमिर मोक्तान विजेता

Gyan Khabar

ज्ञानखबर

शनि, भदौ २१, २०८२
639 पटक हेरिएको
भ्वाइस अफ वागीश्वरी सिजन ४ सम्पन्न, अमिर मोक्तान विजेता

वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ४ शुक्रबार एक भव्य कार्यक्रमसाथ सम्पन्न भएको छ ।

कार्यक्रम भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको  प्रमुख आतिथ्यतामा तथा प्रसिद्ध गायक तथा संगीतकार सत्य नारायण मानन्धर, रवि हाडा र लक्ष्मण पलिखेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

सिजन ४ अन्तर्गत तेस्रो चरणको प्रतियोगिता Judges’ Round बाट छनाैट भएका ५ जना प्रतिष्पर्धीले गीतहरु गाएका थिए। र सो को उपाधी अमिर मोक्तानले हात पारेको छ भने सुवन सुवाल उप विजेता हुन सफल भए ।

विजेता र उप विजेतालाई प्रमुख अतिथि ज्याख्वले मेडल सहित पुरस्कृत गरिएको थियोे । साथै निर्णायक मण्डल, विशेष अतिथि, एवं सहयोगी तथा पार्टनरका रूपमा रहेका संस्थाहरूलाई वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यल, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र कार्यक्रम संयोजक नविन्द्र‌लाल कर्माचार्यले मायाको चिनो तथा प्रशंसा पत्र प्रदान गरिएको थियोे ।

Vob4Gyankhabar scaled

कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले स्वागत गरेका थिए। निर्णायक काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगीत संयोजन कर्ता गनु राज राई, गायिका सरिता प्रजापतिले आ-आफ्नो गाएन प्रस्तुत गरेका थिए । साथै भ्वाइस अफ वागीश्वरी सिजन ३ का विजेता पवन अधिकारीले पनि आफ्नो गाएन प्रस्तुत गरेका थिए ।

20250908 083036 scaled

‎कार्यक्रममा टेलिभिजन पार्टनर भादगाउँ TV, साउण्ड पार्टनरका रूपमा बास साउण्ड , रेडियो पार्टनरको रूपमा भक्तपुर एफ.एम.,अनलाइन मिडिया पार्टनरका रूपमा ज्ञान खबर एजुकेशन एण्ड रिसर्च मिडिया (gyankhabar.com), एबीसीडी खबर, इभेन्ट पार्टनरमा बाला इभेन्ट, वार्डरोव पार्टनर ड्रेस हायर पोइन्ट, फोटोग्राफी पार्टनरमा neo fusion school of computer र ब्युटि पार्टनरका रूपमा सनम मेकअप स्टुडियो रहेका थिए।

आइकन म्युजिक एकेडेमी , संगीतग्राम गुरुकुल नेपाल, नेपाल इको प्यानेल, हाम्रो पुस्तक भण्डार , लक्ष्मी ह्याण्डिक्राफ्ट, सरस्वती इन्टरप्राइजेज, ए वान टेलरिङ्ग सेन्टर, मयूर प्रिन्ट्स, कृति हस्तकला, सेवा निवृत्त शिक्षक समाज , चन्द्रायन स्विट्स तथा विवेक साउण्ड स्टुडियो प्रायोजन गरेको थियो।

कार्यक्रममा वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बोलेका थिए भने कार्यक्रम संयोजक नविन्द्र‌लाल कर्माचार्यले धन्यवाद व्यक्त गरे । धनेश राज राजोपाध्याय तथा अर्चना सुवालले कार्यक्रम संचालन गरेका थिए ।

Vobgyankhabar1 scaled