ताजा अपडेट

ट्रेन्डिङ

भनपा १ मा शुभकामना आदानप्रदान 

Gyan Khabar

ज्ञानखबर

शुक्र, अशोज ३१, २०८२
56 पटक हेरिएको
भनपा १ मा शुभकामना आदानप्रदान 

भक्तपुर नगरपालिका वडा १ को आयोजनामा शुक्रबार नेपाल सम्वत् ११४६ तथा दिपावलीको अवसरबाट सामुदायिक विद्यालयहरूका शिक्षकहरू बीच शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपा जनतालाई प्राथमिकता दिई समाजवादी व्यवस्था र समाज उत्थानको लागि अनुकरणीय अनुरुप सेवालाई अभ्यास गरिरहेकाे बताउँदै हरेक आन्दोलनमा हुने वैदेशिक हस्तक्षेप र घुसपैठप्रति सचेत हुनको लागि इतिहास, भूगोल र संस्कृतिको अध्ययन जरुरी रहेको बताए ।

उहाँले एनजीओ आईएनजी जस्ता गैरसरकारी संस्थाको सहयोग विना नै पुर्खाको सम्पति संरक्षण र व्यवस्थापनबाट भक्तपुर नगरपालिका आफ्नो खुट्टामा उभिन सकेको बताउँदै देशको संविधान र सिद्धान्तलाई सरकार र राजनीतिक दलले पालना नगरी संविधान राजनीतिक दलले गलत प्रयोग गरेको विचार व्यक्त गरे ।

“विद्यार्थीलाई असल र योग्य नागरिक बनाउन र विदेशीको भरमा नबस्ने शिक्षा दिनु शिक्षकको दायित्व हो ” भन्दै उपप्रमुख जोशीले भक्तपुर नगरपालिका जनताको छोराछोरीको लागि उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान, शैक्षिक ऋणको व्यवस्था गरिरहेको बताए ।

कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिका वडा १ का वडाध्यक्ष एवम् शिक्षा समितिका संयोजक श्यामकृष्ण खत्रीले विद्यालयस्तरको अतिरिक्त क्रियाकलाप र अध्ययन अध्यापनमा आएको समस्याको समाधानको लागि आवश्यक छलफल सहजीकरण गर्दै आएको बताउँदै सामुदायिक विद्यालयको शिक्षा संगै वडाको विकासमा सहकार्य गर्न जोड दिए ।

वडा शिक्षा समितिका सदस्य तथा सन्तति आविका प्रअ दीपक माकले नियमित कामसँगै चाडपर्व शरीर र समाजमा नयाँ उर्जाको लागि पूर्वजहरुले वैज्ञानिक रूपमा परम्परा बसालेको बताउँदै चाडपर्वलाई बाैद्भिक रूपान्तरण गर्न जोड दिए ।

उहाँले बजारमा चलेको किनबेच झैं शिक्षालाई पनि व्यवसाय बनाईरहेको र विदेशीको अनुदान शर्तबाट शिक्षामा विदेशीको प्रभाव बढेको बताउँदै राज्य तथा नीति निर्माताले समेत शिक्षकलाई विभिन्न तरिकाबाट अपहेलना गरिरहेको बताए ।

उदय आवि व्यवस्थापन समितिका अध्यक्ष राजन कोजू तथा स्थानीय समाजसेवी कृष्णबहादुर दुगुजु, लक्ष्मीसुन्दर सुवाललगायतले बोलेको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १ का चार सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरूको सहभागिता रहेको थियो ।