न्हू दँ ११४६ को पावन अवसरमा, भक्तपुरको सांस्कृतिक गरिमा झल्काउने गीत “झिगु ख्वप देय्” को लिरिकल भिडियो भव्यताका साथ रिलिज भएको छ। यस भिडियोले भक्तपुरको समृद्ध सांस्कृतिक र सामाजिक जीवनलाई एकसाथ प्रस्तुत गरेको छ।
यो सुन्दर गीतमा प्रसिद्ध गीतकार जनकवि चन्द्र बहादुर उलक का मार्मिक शब्दहरू छन्, जसले भक्तपुरवासीको भावनालाई गहिरोसँग समेटेका छन्। गीतको संगीत र गायन सत्य नारायण मानन्धर ले गरेका छन्, जसको मधुर आवाजले गीतलाई भावनात्मक स्पर्श दिएको छ। संगीतलाई गोपाल रसाइली ले एरेन्ज गरेका छन्, जसले गीतको आकर्षण बढाएको छ।
“झिगु ख्वप देय्” को लिरिकल भिडियोले भक्तपुरको परम्परा र सामुदायिक भावनालाई उजागर गर्दै शान्ति र एकता को केन्द्रीय सन्देश प्रवाह गरेको छ, जसले शहरका बासिन्दाहरू बीच मेलमिलाप बढाउने प्रयास गर्दछ।
भिडियोलाई प्रभास दैलेखी ले विशेष रूपमा सम्पादन गरेका छन् भने नविन्द्र लाल कर्माचार्य को रचनात्मक अवधारणाले भक्तपुरको मोहकतालाई सफलतापूर्वक कैद गरेको छ।