ताजा अपडेट

ट्रेन्डिङ

नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न, ईडेन प्रथम

Gyan Khabar

ज्ञानखबर

मङ्ल, कार्तिक १८, २०८२
240 पटक हेरिएको
नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न, ईडेन प्रथम

नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम ऋतम्भरा पाठशाला स्कुलद्वारा आयोजित एकल गायन प्रतियोगितिमा ईडेन गार्डेन स्कुलका श्रीजय महतले माध्यमिक तहतर्फ र ईडेन गार्डेन स्कुल कै श्रीया न्यौपानेले आधारभूत तहतर्फ प्रथम स्थान हाँसिल गरेका थिए !

नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत ऋतम्भरा पाठशालाले आयोजना गरेको एकल गायन प्रतियोगिताको आधारभूत तहतर्फ द्धितीय स्थान जागृति विद्या सदनकी यूनिशा लामा, तृतीय स्थान क्वालिटी स्कुलकी प्रियान्सू खड्का र सान्त्वना स्थान सेन्ट जोन स्कुलकी अनिशा धमलाले प्राप्त गरेका थिए । त्यसै गरी माध्यमिक तहतर्फ मदरल्याण्ड स्कुलकी ईशिका खड्काले द्धितीय स्थान, संस्कार गुरूकूलकी विदूशी ढकालले तृतीय स्थान र विमल मेमोरियल विद्यापीठकी अणु वादीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।

उक्त एकल गायन प्रतियोगिता कार्यक्रमको सभापति ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीले नेसनल प्याव्सनको कार्यक्रम गर्ने जिम्मा पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । विशिष्ट अतिथि चाँगुनारायण नगरपालिका वडा २ का अध्यक्ष सोम प्रसाद प्रधानले नगरको शिक्षा र स्वास्थको प्रवर्द्धनको लागि नगरपालिका र आफू लागि परेको बताउँदै नेसनल प्याव्सन भक्तपुरले गरेका कार्यक्रमको प्रसंशा गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा नेसनल प्याव्सन भक्तपुर अध्यक्ष संजय खड्काले ऋतम्भरा पाठशालाले एकल गायन प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेकोमा कृतज्ञता व्यक्त गर्दै विजेता विद्यार्थाहरुलाई बधाई दिनु भएको थियो । कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका पदाधिकारी, सदस्य, विभिन्न स्कुलहरुबाट प्रिन्सिपल, शिक्षक एवं विद्यार्थाहरुको उपस्थिति रहेको जानकारी ऋतम्भरा पाठशालाका सह प्रिन्सिपल एवं कार्यक्रमका संयोजक अनिश केसीले बताउनु भयो ।