ज्योति ज्ञान एकेडेमी सेकेण्डरी स्कूल, सूर्यविनायक – ८, सूर्यविनायक मार्गमा मिति २०८२ कात्तिक २८ गते शुक्रवार अन्तर विद्यालय विविध कार्यक्रममा सहभागी भई विद्यालयको नाम उज्यालो पार्ने विजयी विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
समारोहमा विद्यार्थीहरूको सिर्जनात्मकता, बौद्धिकता र खेलकुद प्रतिभा लाई सम्मान गर्दै उनीहरूको चौतर्फी विकासको कदर गरिएको थियो।
कार्यक्रममा हिज्जे प्रतियोगिता, शब्द निर्माण, निबन्ध लेखन, पत्र लेखन जस्ता भाषिक तथा लेखन कौशलका विधाहरूमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कार प्रदान गरियो। त्यसैगरी, चित्रकला, ग्रीटिङ कार्ड प्रतियोगिता र रङ भर्ने प्रतियोगिता जस्ता कला र सिर्जनात्मकता सम्बन्धी विधाहरू एवं मनोरञ्जनात्मक तथा खेलकुद विधा अन्तर्गत म्युजिकल चेयर, हट पोट्याटो लगायतका अन्य विविध खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूलाई पनि पुरस्कार वितरण गरीएको थियो।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षक-शिक्षिकाज्यूहरूले विद्यार्थीहरूको चमत्कारी प्रदर्शनको प्रशंसा गर्दै यस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरूले विद्यार्थीहरूमा सहभागिताको भावना र स्वस्थ प्रतिस्पर्धाको चेतना अभिवृद्धि गर्न ठूलो सहयोग पुर्याउने बताए।

