ताजा अपडेट

ट्रेन्डिङ

एसएस कलेजको १९ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर ७, २०८२
104 पटक हेरिएको
एसएस कलेजको १९ औं वार्षिकोत्सव सम्पन्न

मध्यपुर थिमि – मध्यपुर थिमि नपा ४ एसएस चोकस्थित एसएस(सनसाईन) कलेजको १९ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भयो । इनोभेटिभ एजुकेशनल वल्र्ड (आइईडब्लु) का सभापति जीवन श्रेष्ठको सभापतित्वमा भएको  उक्त कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले भक्तपुरको शिक्षाको गुणात्मक विकास र विस्तारमा एसएस कलेजले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरप्रमुख श्रेष्ठले शिक्षासँगै असल संस्कार, नैतिकता एवं सिपविकास जरुरी रहेकोमा जोड दिदैं कलेजबाट सिकेको ज्ञान, सीप, अनुशासन र नैतिकता दैनिक जीवनमा लागु गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एसएस कलेजका प्राचार्य राजन काफ्लेले गुणस्तरीय शिक्षा असल संस्कार, व्यवहारिक एवं प्रयोगात्मक ज्ञानसँगै प्रतिस्पर्धी नागरिक तयार गर्न एसएस कलेजले गर्दै आएका शैक्षिक कार्यहरुको बुदाँगत जानकारी दिनुभयो ।

प्राचार्य काफ्लेले भक्तपुरको शिक्षा, सीप र त्यसको गुणस्तर बारेमा दशकौंको अनुभव भएका प्राज्ञहरुद्धारा संचालित कलेजमा पढाइका साथै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएको जानकारी दिनुभयो । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत, कक्षा १२ उतीर्ण विद्यार्थीहरुलाई मार्गनिर्देशनसँगै बधाई एवं स्नातक तह पुरा गरेका विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको उक्त कार्यक्रममा छात्रा सजना भुजेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य, गायन, प्रहशन एवं नाटकहरु प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए । कार्यक्रममा बिबिएस तेस्रो वर्षमा ८० प्रतिशत अंक ल्याई कलेज प्रथम हुने छात्रा सजिंता तामा»लाई पनि विशेष सम्मान गरिएको थियो । कक्षा १२ की छात्रा पल्लवी पाण्डे लगायतका विद्यार्थीहरुले विभिन्न जातजाती र भाषाका परम्परागत पोशाकमा सज्जिएर आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

विज्ञान संकायका विद्यार्थीहरुले प्रदर्शन गरेको माटोको माया नामक नाटक सन्देशमूलक थियो । त्यसैगरि व्यवस्थापन संकायका विद्यार्थीहरुले पनि सन्देशमूलक नाटक प्रदर्शन गरेका थिए । कलेजका शिक्षक पूर्ण बहादुर विष्टले संचालन गर्नुभएको औपचारिक कार्यक्रममा कार्यक्रमका सभापति जीवन श्रेष्ठले न्युन शुल्कमा गुणस्तरीय शिक्षामार्फत विद्यार्थीहरुलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ कार्यक्रमहरु भइरहेको जानकारी दिनुभयो ।

मध्यपुर थिमि नपा ९ गाँखुस्थित गोल्डेन पार्टी प्यालेसमा भएको उक्त वार्षिकोत्सव कार्यक्रममा कलेजका सल्लाहकारहरु केदार खड्का, महेन्द्र प्रसाद मास्के, श्रीनारायण यादव एवं कलेजका संस्थापक सदस्यहरु आशाहरि प्रजापति, ईश्वर बहादुर श्रेष्ठ, विनोद कुमार कोइराला, श्रीकृष्ण के.सी., निरु ढकाल, पुरुषोत्तम ग्वाछा, प्राचार्य राजन काफ्ले लगायतले कलेजद्धारा संचालित वार्षिक अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरुलाई पदक एवं पुरस्कार वितरण गर्नुभएको थियो ।