भक्तपुर । वागीश्वरी कलेजको १३ औं र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको पहिलो कलेज सभा छुट्टाछुट्टै रुपमा बुधबार सम्पन्न भयो । दुवै सभाको सभापतित्व कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै उहा“ले निकै कठिन अवस्थाबाट गुज्र“दै वागीश्वरी कलेजले हालसम्म गरेको प्रगति हामी भक्तपुरवासीहरुकै लागि गौरव गर्न लायक भएको बताउनुभयो ।
दुवै कलेजले गरेको प्रगतिको लागि कलेज सभाका सम्पूर्ण सदस्यहरुको सहयोग सदा स्मरणीय रहने बताउ“दै उहा“ले वागीश्वरी कलेजको विधान संशोधन र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको नया“ व्यवस्थापन समिति गठनमा दिएको सहमतिप्रति हार्दिक आभार पनि प्रकट गर्नुभयो ।
सभामा विशेष अतिथि बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले देश वर्तमान नाजुक अवस्थामा पुग्नुको सम्पूर्ण दोष राजनीतिक पार्टी र त्यसका नेताहरु मात्र नभर्ई प्राध्यापक, बुद्धिजीवी पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।
जे जस्तो भए पनि हामी आफूहरु जिम्मेवार बनौं भन्ने आग्रह गर्दै उहा“ले विद्यार्थी नया“ पुस्तालाई पनि देश, समाज र जनताप्रति जिम्मेवार बनाउने प्रयास गर्न आग्रह गर्नुभयो ।
त्यस्तै अर्का अतिथि भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने सोच साकार पार्न वागीश्वरी दुवै कलेजले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
सभामा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले कलेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभासदहरुले प्रस्तुत प्रतिवेदनमाथि टिका टिप्पणी गर्नुभएको थियो भने संशोधनसहित पारित गरिएको थियो ।