त्रिभुवन विश्वविद्यालयले स्थायी उपप्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दोस्रो चरणको सेवाप्रवेश तालिम सुरु गरेको छ। २०८२ मंसीर २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस तालिममा विभिन्न क्याम्पस तथा निकायबाट १३० जना स्थायी उपप्राध्यापकहरूको सहभागिता रहेको छ।
तालिमको उद्घाटन समारोहमा त्रिविका उपकुलपति प्रा.डा. दिपक अर्यालले यस तालिमले उपप्राध्यापकहरूको शैक्षिक क्षमताको विकास सँगै नेटवर्किङ र अनुसन्धानका क्षेत्रमा लाग्न प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभयो। उहाँले त्रिविको समग्र प्राज्ञिक विकासका लागि यो तालिम महत्वपूर्ण रहेको र विश्वविद्यालय संरचनात्मक सुधारको पक्षमा काम गरिरहेको समेत जानकारी दिनुभयो।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खडग के.सी. ले लोकसेवा आयोगको प्रतिस्पर्धी परीक्षा उत्तीर्ण गरेर आएका सम्पूर्ण उपप्राध्यापकहरूलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा योगदान गर्न आह्वान गर्नुभयो। उहाँले शिक्षकहरू ज्ञान उत्पादनकर्ता भएकोले अनुसन्धानमूलक लेखहरू प्रकाशन गर्न र विद्यावारिधी गर्न प्रोत्साहित गर्नुभयो। उहाँले शिक्षण पेसालाई सम्मानभावले हेर्न समेत आग्रह गर्नुभयो।
रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले त्रिवि देशकै क्षमतावान् र बौद्धिक जनशक्ति कार्यरत संस्था भएकोले यससँग आवद्ध भएकोमा गौरव गर्नुपर्ने बताउनुभयो। उहाँले नवनियुक्त उपप्राध्यापकहरूलाई त्रिविलाई थप सक्षम, अनुसन्धानमुखी र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान गर्नुपर्ने खाँचो औंल्याउनुभयो।
तालिममा सहजकर्ताको रुपमा प्रा.डा तीर्थराज खनीया, प्रा.डा केदार प्रसाद रिजाल, डा.बिष्णु खनाल, डा.पूर्ण कँडेल, डा. नरेन्द्र पौडेल, डा.जिवन काफ्ले, प्रा.डा खडग के.सी, प्रा.डा बासुदेव काफ्ले, प्रा.डा पेशल खनाल, प्रा.डा सुशन आचार्य, प्रा.डा विनिल अर्याल, डा.इन्द्र उपाध्याय, प्रा.डा योगेन्द्र बहादुर गुरुङ्ग,प्रा.डा महेन्द्र महर्जन, प्रा.डा लेखनाथ शर्मा, प्रा.डा रामप्रसाद चौधरी, प्रा.डा शंकर प्रसाद खनाल, डा.प्रकाश गौतम, डा रविन्द्र शिवकोटी र प्रा.डा चन्द्रमणी पौडेल रहनुभएको छ ।

त्रिवि समन्वय महाशाखाका प्रमुख दिपक तिवारीका अनुसार यो तालिमले उपप्राध्यापकहरूलाई अद्यवधिक गर्दै उच्चशिक्षाका नवीनतम आयाम र मान्यताहरूबारे जानकारी गराएर सामाजिकीकरणमा मद्दत मद्दत पुर्याउने धारण बताउनुभएको थियो ।