गोकर्णेश्वर–४ स्थित शुभकामना स्कूलले Robotics, STEAM तथा AI प्रदर्शनी भव्य रूपमा सम्पन्न गर्दै आधुनिक शिक्षामा आफ्नो कदमलाई थप मजबुत बनाएको छ। अभिभावक, विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायको उत्साहपूर्ण उपस्थितिले यो कार्यक्रम एक अनौठो सफलतामा परिणत भएको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूले तयार पारेका WiFi Car, Traffic Light Automation, Robot Model, Water Tank Siren System, Game Machines, साथै Drone Technology जस्ता आकर्षक परियोजनाहरूले सबैको ध्यान खिचेको थियो। कम उमेरमै बालबालिकाले देखाएको सिर्जनात्मकता, सीप, प्रविधिको बुझाइ र कार्यान्वयन क्षमताको अतिथिहरूले उच्च प्रशंसा गरेका थिए।
प्रदर्शनीकै क्रममा गरिएको दन्त तथा दृष्टि शिविरमा Lions Club of Kathmandu Jorpati का अध्यक्ष Lion Ganesh Koirala र पूर्व अध्यक्ष Lion Rakesh Chakradharको सक्रिय योगदान उल्लेखनीय रहेको विद्यालयले जनाएको छ। साथै, Jorpati Leo Club र दृष्टि शिविरका लागि विशेष भूमिका निर्वाह गर्ने Lions Club of Kathmandu प्रति विद्यालयले हार्दिक आभार व्यक्त गरेको छ।

आफ्नो व्यस्तताका बाबजुद पनि BP संग्रहालयका अध्यक्ष श्री परशुराम पोखरेलले महत्वपूर्ण उपस्थिती जनाउँदै स्कूलको प्राविधिक र सिर्जनात्मक शिक्षणप्रति खुशी व्यक्त गरेका थिए। उनका अनुसार, “यस किसिमका कार्यक्रमहरूले बालबालिकामा नवप्रवर्तन र आत्मविश्वास वृद्धि गर्छ, जुन भविष्य निर्माणका लागि अत्यन्तै आवश्यक छ।”
कार्यक्रममा Lions, Leo, अभिभावक तथा सर्वसाधारणको उपस्थिती रह्यो। कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरपालिका–४ का वडा अध्यक्ष जयाराम महतले गर्नुभएको थियो।
समुदाय, अभिभावक र विभिन्न संघ–संस्थाको निरन्तर साथका कारण विद्यालयले आगामी दिनहरूमा स्मार्ट कक्षा, प्राविधिक शिक्षा, खेलकुद विकास, तथा स्वास्थ्य–जागरूकता जस्ता क्षेत्रहरूमा अझ सशक्त कार्यक्रम अघि ल्याउने जनाइएको छ।
