एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेसन नेपाल (ईप्सन, भक्तपुर) द्वारा आयोजित फुटसल टुर्नामेन्ट २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
२०८२ मंसिर २१ र २२ गते गरी दुई दिन जगाती आदर्स स्थित हेल्दी फुटसलमा सञ्चालित यो प्रतियोगितामा सदस्य विद्यालयहरू मध्ये नौ वटा विद्यालयका जुनियर र सिनियर समुह गरी १८ वटा टोलीहरू सहभागी भएका थिए। यस प्रतियोगितामा लिग चरणमा कूल ७२ वटा खेलहरू खेलाइएका थिए।
जुनियर समुहमा ईडेन गार्डेन ईङ्ग्लिस स्कुलले प्रथम स्थान हासिल गर्यो भने सुर्योदय सेकेण्डरी स्कुल द्वितिय र सेन्ट जोन्स ईङ्ग्लिस स्कुल तृतिय भए। बिमल मेमोरियल बिद्यापिठले सान्त्वना स्थान प्राप्त गर्यो। जुनियरतर्फ ईडेन गार्डेनका अनिस मगरले बढी गोल गर्ने खेलाडीको उपाधि जिते, सुर्योदय सेकेण्डरीका अभय धौभडेल सर्बोत्कृष्ट किपर चुनिए भने ईडेन गार्डेनकै सिरिस लामा सर्बोत्कृष्ट खेलाडी घोषित भए।
युनिटी ईङ्ग्लिस स्कुलले फेयर प्लेको पुरस्कार पायो। सिनियर समुहमा भने ग्लोबल ईङ्ग्लिस स्कुल प्रथम भयो, ईडेन गार्डेन ईङ्ग्लिस स्कुल द्वितिय, युनिटी ईङ्ग्लिस स्कुल तृतिय र सुर्योदय सेकेण्डरी स्कुलले सान्त्वना स्थान प्राप्त गर्यो। सिनियरतर्फ युनिटी ईङ्ग्लिस स्कुलका रोहित गजमेर बढी गोलकर्ता बने, ईडेन गार्डेनका रोनिक श्रेष्ठ सर्बोत्कृष्ट किपर भए र ग्लोबल एकेडेमीका योमन माकले सर्बोत्कृष्ट खेलाडीको उपाधि जिते।
फेयर प्लेको पुरस्कार हिमाल एकेडेमीलाई प्रदान गरियो। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी, त्रिभुवन आर्मी क्लबका कप्तान तथा साफ खेलकुदका गोल्ड मेडलिस्ट खेलाडी विकेश कुथु प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो, उहाँले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गर्नुभयो।
संस्थाका अध्यक्ष जी.वी. खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष विजय कर्माचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो र कार्यक्रमको सञ्चालन सचिव बिक्रम थापाले गर्नु भएको थियो। के.वी. ङाखुशीको संयोजकत्वमा यो बृहत् फुटसल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हो।