ताजा अपडेट

ट्रेन्डिङ

आरक्षण नेसनल स्कुलको बृहत शैक्षिक प्रदर्शनी सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, पुस ६, २०८२
93 पटक हेरिएको
आरक्षण नेसनल स्कुलको बृहत शैक्षिक प्रदर्शनी सम्पन्न

आारक्षण नेशनल एकेडेमीले विषयगत बृहत शैक्षिक प्रदर्शनी पौष ५ गते शनिबारका दिन सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहेक व्यवहारिक रूपमा सिक्ने अवसर प्रदान गर्ने उद्देश्य आषोजना गरेको प्रदर्शनीमा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विद्यालयबाट नै सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न प्रेरित गर्नु, वैज्ञानिक सोच विकास गर्न र सिकाइमा सृजनशील भावना अभिवृद्धि गर्न विषयगत रुपमा बृहद शैक्षिक प्रदर्शनी गरिएको थियो । यस प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक अध्ययन, वातावरण लगायतका विषयसँग सम्बन्धित आफ्ना परियोजना, मोडेल र प्रयोगहरू प्रस्तुत गरेका थिए । कार्यक्रमले विद्यार्थीहरूमा सिकाईका लागि जिज्ञासा राख्ने, पढाईले व्यवहारिक भावना उत्पन्न गर्ने र विभिन्न विषयको समस्या समाधान गर्न क्षमताको विकास गरी शिक्षालाई अझै रोचक र अर्थपूर्ण बनाउने लक्ष्य लिएको थियो ।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यार्थीहरूको लगनशीलता र सृजनात्मक कार्यको प्रशंसा गरेका थिए। यस प्रदर्शनीले सिकाइलाई प्रोत्साहन गर्दै विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने कुरामा विद्यालयले विश्वास लिएको छ । चाँगुनारायण वडा ८ सुडाल भक्तपुरमा आरक्षण नेसनल स्कुल पछिल्लो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकोमा विविध कार्यक्रमहरुमा पनि उत्कृष्ट स्थान हाँसिल गर्दै आइरहेको छ ।

Messenger creation 9A6BC908 0C35 4F7D 9242 5AA31C8DA0E9

FB IMG 1766321233516