ताजा अपडेट

ट्रेन्डिङ

विनायकमा खेलकुद मेलाको उद्घाटन

Gyan Khabar

ज्ञानखबर

बुध, पुस २३, २०८२
429 पटक हेरिएको
विनायकमा खेलकुद मेलाको उद्घाटन

शिक्षा तथा खेलकुदका माध्यमबाट युगानुकुल एवं संस्कार र अनुशासनसहितको शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा २०८२ पौष २३ गते खेलकुद मेला कार्यक्रमको उद्घाटन गरेको छ। विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले रिवन काटी ३८ वटा बेलुनहरु उडाएर उद्घाटन गर्नुभएको उक्त कार्यक्रम को पहिलो चरण यही पुष २५ गतेसम्म आयोजना हुने भएको छ।

विद्यालयको अतिरिक्त क्रियाकलाप टिमको संयोजनमा आयोजित उक्त कार्यक्रम तहगत रुपमा विद्यालयको वार्षिक क्यालेण्डर अनुसार सञ्चालन गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी दिनुभयो। पूर्व प्राथमिक तह, कक्षा १ देखि ३ सम्म र कक्षा ४ देखि ९ सम्म छुट्टाछुट्टै स्थान र छुट्टाछुट्टै प्रकारका खेलकुद प्रतियोगिता आयोजना गरी उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कृत गरिने जानकारी समेत गराइएको थियो।

विद्यालय को ३८ औँ वार्षिक उत्सवको शुभ सन्ध्यामा आयोजित उक्त उद्घाटन सत्रमा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खेलकुद शारीरिक र मानसिक विकासको आधार एवं गुणस्तरको समेत माध्यम भएकाले विद्यालयले स्थापनाकालदेखि नै पढाइका साथसाथै खेलकुदका क्षेत्रमा समेत जोड दिँदै आएको तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी समेत तयार गरिसकेको जानकारी गराउनुभयो।

साथै सो खेलकुद दिवसलाई भव्य र सभ्य रूपमा सफल बनाउन एवं हरेक प्रतियोगितामा उत्कृष्ट बन्दै पुरस्कृत हुन सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना समेत प्रदान गर्नुभयो। साथै कार्यक्रमको समापन भने यही माग ८ गते गठ्ठाघर स्थित खेलकुद मैदानमा आयोजना गरिने कुरा समेत उहाँले हामीलाई जानकारी गराउनुभयो।

Messenger creation 95934065 3D26 4752 B2C7 0B3D98D53589

FB IMG 1767786573452

FB IMG 1767786569426