ताजा अपडेट

ट्रेन्डिङ

सिरुटारमा स्मृति सभा तथा रक्तदान सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, माघ १३, २०८२
302 पटक हेरिएको
सिरुटारमा स्मृति सभा तथा रक्तदान सम्पन्न

भक्तपुरको सिरुटारमा धनसार टोल विकास संस्थाका अध्यक्ष स्वर्गीय श्याम कायस्थको विशेष स्मृति सभा तथा खुल्ला रक्तदान सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी सिरुटार उपशाखा र भक्तपुर जिल्ला रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा स्थानीय युवायुवती तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

संस्थाकी कार्यवाहक अध्यक्ष ज्ञानु माया श्रेष्ठको सभापतित्वमा सम्पन्न औपचारिक सभामा सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानु काजी कायस्थ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रमुख सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठले स्वर्गीय कायस्थको जीवनी र टोल विकासमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानबारे प्रकाश पार्नुभयो। त्यस्तै, श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनका अध्यक्ष चन्द्रहरी कायस्थले स्वर्गीय कायस्थको सक्रियता र सहयोगको स्मरण गर्दै भावपूर्ण साङ्गीतिक श्रद्धाञ्जली अर्पण गर्नुभयो।

प्रमुख अतिथि वडाध्यक्ष कायस्थले स्वर्गीय श्याम कायस्थको अभावमा संस्थालाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उहाँको ‘सभ्य र भव्य टोल’ बनाउने सपना साकार पार्न सबैलाई एकजुट हुन आग्रह गर्नुभयो। उल्लेख्य संख्यामा सङ्कलन भएको रक्तदान कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। योग प्रशिक्षक सञ्जय श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सभाध्यक्ष ज्ञानु माया श्रेष्ठले एकता र मेहनतका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै सभा विसर्जन गर्नुभएको थियो।