ताजा अपडेट

ट्रेन्डिङ

नेपाल–कोरिया मैत्री अस्पताललाई ५० सैयाको जनरल अस्पताल सञ्चालन गर्न अनुमति

Gyan Khabar

ज्ञानखबर

शुक्र, माघ १६, २०८२
118 पटक हेरिएको
नेपाल–कोरिया मैत्री अस्पताललाई ५० सैयाको जनरल अस्पताल सञ्चालन गर्न अनुमति

बागमती प्रदेश सरकारले भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई ५० सैयाको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न औपचारिक अनुमति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालयको मिति २०८२ माघ १४ गतेको निर्णयानुसार हस्पिटलले अब ५० सैयाको क्षमतामा आफ्नो सेवा विस्तार गर्ने भएको हो।

यसअघि नै समुदायमा आधारित उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस अस्पतालको स्तरवृद्धि भएसँगै भक्तपुर र आसपासका क्षेत्रका नागरिकले थप विशिष्टीकृत र गुणस्तरीय स्वास्थ्य उपचार प्राप्त गर्ने विश्वास लिइएको छ। अस्पताल व्यवस्थापनले यस निर्णयलाई स्वास्थ्य सेवामा नयाँ फड्कोको रूपमा लिएको छ।

nkgk2

सोही विशेष अवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षण समेत गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री थापाले अस्पतालको भौतिक पूर्वाधार र सेवाको अवस्थाबारे जानकारी लिनुहुँदै स्वास्थ्य सेवालाई अझ भरपर्दो र प्रविधिमैत्री बनाउन निर्देशन दिनुभयो।

नयाँ भवन सम्पन्न भएपछि अस्पतालले थप आधुनिक उपकरण र विशेषज्ञ सेवाहरूसहित बिरामीको उपचार गर्ने लक्ष्य राखेको छ।

nkgk