ताजा अपडेट

ट्रेन्डिङ

निःशुल्क सीप विकास तालिमको अवसर: आजै आवेदन दिनुहोस्!

Gyan Khabar

ज्ञानखबर

शनि, माघ २४, २०८२
220 पटक हेरिएको
निःशुल्क सीप विकास तालिमको अवसर: आजै आवेदन दिनुहोस्!

बागमती प्रदेश सरकार अन्तर्गतको उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अनुसार विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्ने घोषणा गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय युवा र उद्यमी बन्न इच्छुक व्यक्तिहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउनु रहेको छ।

कार्यालय प्रमुख राम प्रसाद कुस्माले सेरामिक्स, बोतल आर्ट, मिठाई बनाउने, बेसिक ब्युटी पार्लर, नेवारी परिकार र डिजिटल मार्केटिङ जस्ता महत्वपूर्ण विषयहरूमा निःशुल्क तालिम प्रदान गरिने बनाउनु भयो। मिठाई बनाउने तालिम चाँगुनारायण नगरपालिकाका बासिन्दाहरूका लागि र नेवारी परिकार बनाउने तालिम मध्यपुर थिमि नगरपालिकाका बासिन्दाहरूका लागि विशेष रूपमा लक्षित गरिएको छ।

यस तालिममा सहभागी हुन चाहने व्यक्ति नेपाली नागरिक हुनुपर्ने र कम्तीमा १६ वर्ष उमेर पूरा गरेको हुनुपर्ने प्रावधान छ। विशेषगरी आर्थिक रूपमा विपन्न, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्केका युवा र नयाँ उद्यम सुरु गर्न चाहने नागरिकहरूलाई छनोटमा प्राथमिकता दिइने कार्यालयले जनाएको छ।

आवेदनका लागि इच्छुक व्यक्तिले नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो र तालिमपछि गर्ने व्यवसायको संक्षिप्त योजना सहित सात दिनभित्र कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। यो तालिम पूर्ण रूपमा निःशुल्क हुनेछ र आवेदन फारम कार्यालयको वेबसाइट वा सेवाप्रवाह कक्षबाट प्राप्त गर्न सकिनेछ। भक्तपुरको सूर्यविनायकमा रहेको यस कार्यालयले दक्ष जनशक्ति उत्पादन गरी ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नारालाई सार्थक बनाउने लक्ष्य राखेको छ।

FB IMG 1770369737760