ताजा अपडेट

ट्रेन्डिङ

डेमोस इङ्गलिस स्कूलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, फाल्गुन ३, २०८२
172 पटक हेरिएको
डेमोस इङ्गलिस स्कूलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भक्तपुर -४, भुलांचास्थित डेमोस इङ्गलिस स्कूलले स्थापनाको २५ औँ वर्ष पूरा गरेको सुखद अवसरमा अभिभावक दिवस, पुरस्कार वितरण तथा तथा एस.ई.ई. २०८१ व्याचको बिदाइ कार्यक्रम एक भव्य समारोहका साथ मनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ज्ञान बहादुर लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उहाँले विद्यालयको स्थापनाकालका संघर्ष र पवित्र उद्देश्यहरू स्मरण गर्नुभयो। विद्यालयले शून्यबाट सुरु गरेर आज यो उचाइ प्राप्त गर्नुमा समुदाय र अभिभावकको अटुट विश्वास रहेको उहाँको भनाइ थियो।

समारोहका प्रमुख अतिथि, पाठ्यक्रम विकास केन्द्रका पूर्व सह-सचिव दिनानाथ गौतमले विद्यालयको प्रगतिको प्रशंसा गर्दै डेमोस इङ्गलिस स्कूलले संस्कारसहितको शिक्षामा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। त्यस्तै, नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कुलका प्रिन्सिपल सञ्जय खड्काले बालबालिकाको सुनौलो भविष्य निर्माणमा अभिभावक र विद्यालयको सहकार्यलाई एकै सिक्काका दुई पाटाका रूपमा व्याख्या गर्नुभयो।

20260215 091651

कार्यक्रममा ‘इन्स्पिरेसनल किनोट स्पिकर’ एवं ग्लोबल ट्रेनर विकास देव योञ्जनले आधुनिक युगमा प्रविधिको सही प्रयोगबारे विशेष प्रस्तुति दिनुभयो। उहाँले बढ्दो ‘साइबर क्राइम’ बाट बालबालिकालाई जोगाउन अभिभावकहरूले मोबाइलमा ‘चाइल्ड लक एप’ जस्ता प्रविधि अपनाउनुपर्ने सुझाव दिँदै डिजिटल सुरक्षाको महत्वमा जोड दिनुभयो।

विद्यालयका प्रिन्सिपल विनोद लामाले विद्यालयको नामको अर्थ र यसले समाजमा पारेको सकारात्मक प्रभावबारे प्रकाश पार्नुभयो। समारोहमा नेसनल प्याब्सन भक्तपुरका उपाध्यक्ष श्री राम प्रसाद खाताखो, श्रीराम सुवाल, मुकेश योञ्जन, रेडियो नेपालका समाचार वाचक श्री सूर्य मोक्तान र ग्रीन बुक्सका राजु महर्जन लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूले प्रस्तुत गरेको कराँते र तेक्वान्दोको साहसिक कौशल, आकर्षक नृत्य र सुमधुर गायनले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो। सोही अवसरमा स्पोर्ट्स मीट, हाजिरीजवाफ र कविता प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई मेडल र पुरस्कार प्रदान गरियो। साथै, ‘भक्तपुर स्पिकर सिजन–२’ मा तहल्का मच्चाउने नानीबाबुहरूलाई विशेष सम्मान गरिएको थियो।

Messenger creation EEA9723F D206 4938 A900 269350975F93

कार्यक्रमको अन्त्यमा एकेडेमिक कोअर्डिनेटर एवं कार्यक्रम सञ्चालिका विष्णु माया लामाले कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गर्ने सम्पूर्ण टिम, अभिभावक, शुभचिन्तक र अतिथिहरूलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभयो।