ताजा अपडेट

ट्रेन्डिङ

विद्या आर्जन ईङ्गलिस बोर्डिङ स्कुलको ३३ औँ वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, चैत्र ४, २०८२
809 पटक हेरिएको
विद्या आर्जन ईङ्गलिस बोर्डिङ स्कुलको ३३ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुरको आदर्श बस स्टपस्थित विद्या आर्जन ईङ्गलिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको ३३ औँ वार्षिक उत्सव पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले शिक्षालाई विकासको मुख्य स्रोत र कहिल्यै नाश नहुने सम्पत्ति बताउनुभयो। उहाँले स्थानीय पाठ्यक्रममार्फत कला-संस्कृति जोगाउनुपर्नेमा जोड दिँदै विद्यालय, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट मात्रै सन्ततिको भविष्य उज्ज्वल हुने उल्लेख गर्नुभयो। कमजोर विद्यार्थीलाई विशेष ध्यान दिँदै उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने उहाँको सुझाव थियो। सो अवसरमा उहाँले एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको थप शैक्षिक प्रगतिको कामना समेत गर्नुभयो।

विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्या आर्जनले विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी जीवन जिउने कला र राष्ट्रभक्ति समेत सिकाउँदै आएको बताउनुभयो। विद्यार्थीको आजको मेहनत र अनुशासनले नै भोलिको सुन्दर भविष्य निर्माण हुने भन्दै उहाँले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा विद्यालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

20260318 193909

समारोहमा अभिभावक प्रतिनिधि विश्वराम थापा लगायत शिक्षक र विद्यार्थी प्रतिनिधिहरूले विद्यालयको उन्नति र प्रगतिको कामना गर्दै आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत आफ्नो कला प्रदर्शन गरेका थिए। सोही अवसरमा वर्षभरि आयोजित विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विजेताहरूलाई पुरस्कार तथा पदक वितरण गरिएको थियो।

FB IMG 1773840239398