ताजा अपडेट

ट्रेन्डिङ

मदरल्याण्ड स्कुलमा ‘ट्यालेन्ट फेस्ट–२०८२’ को रौनक: गायन र नृत्यमा चम्किए भोलिका तारा

Gyan Khabar

ज्ञानखबर

मङ्ल, चैत्र १०, २०८२
280 पटक हेरिएको
मदरल्याण्ड स्कुलमा ‘ट्यालेन्ट फेस्ट–२०८२’ को रौनक: गायन र नृत्यमा चम्किए भोलिका तारा

सूर्यविनायक नगरपालिका–९, भातेढिकुरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था मदरल्याण्ड स्कुलले आफ्नो वार्षिक प्रतिभा महोत्सव ‘मदरल्याण्ड ट्यालेन्ट फेस्ट–२०८२’ भव्यताका साथ सम्पन्न गरेको छ। चैत्र ८ गते आइतबार आयोजित यस कार्यक्रममा विद्यार्थीहरूले गायन र नृत्यका माध्यमबाट आफ्नो अद्भुत कला प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए।

यस महोत्सव अन्तर्गत गायनतर्फ ‘भ्वाइस अफ मदरल्याण्ड–सिजन १’ र नृत्यतर्फ ‘मदरल्याण्ड डान्स आइकन’ विधामा प्रतिस्पर्धा गराइएको थियो। कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई जुनियर र सिनियर गरी दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो। गायन विधाको जुनियर तर्फ कक्षा ४ का जेशिक नेपाल र सिनियर तर्फ कक्षा ५ का न्यूरोण लोहोला विजेता बनेका छन्। त्यसैगरी, नृत्यतर्फको जुनियर समूहमा कक्षा ३ की स्तुति राणामगर र सिनियर तर्फ कक्षा ६ की एप्रिल शिल्पकारले ‘डान्स आइकन’ को उपाधि चुम्न सफल भए।

प्रतिस्पर्धामा अन्य प्रतिभाशाली विद्यार्थीहरूले पनि विभिन्न उप-उपाधिहरू हासिल गरेका छन्। गायनतर्फ जुनियर समूहमा कुशल घिमिरे प्रथम, सनुप दाहाल द्वितीय, ईभा सुकुभट्टु तृतीय र प्रिन्स थापा चौथो उपविजेता बनेका छन् भने सिनियर समूहमा आयन योन्जन प्रथम, पूर्णिमा खत्री द्वितीय, आयन जंग कटवाल तृतीय र लकिशा भण्डारी चौथो उपविजेता बनेका छन्। नृत्यतर्फ जुनियर समूहमा यशिका प्रधान प्रथम, रूगोशा नेपाल द्वितीय, रियान्श बोहरा तृतीय र रक्षिका कासुला चौथो उपविजेता भएका छन्। साथै, सिनियर समूहमा झरणा देउवा प्रथम, जेशिका श्रेष्ठ द्वितीय, जेनिशा तामाङ तृतीय र ऋतु तामाङ चौथो उपविजेताका रूपमा पुरस्कृत भएका छन्।

Messenger creation F8CF5C4C 833C 426F 8D2D 2E766541A019

कार्यक्रमलाई थप रोचक र उल्लासमय बनाउन चर्चित मोडल तथा कोरियोग्राफर शेखर घर्तीमगर सेलिब्रेटी अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। गायन विधाको निर्णायकमा चर्चित संगीतकार राजेन्द्र बजगाईँ र गायक राजानन्द माण्डव्य रहनुभएको थियो भने नृत्यतर्फ रोडिज–६ का उपविजेता एवं डान्सर अर्वीन चन्द ठकुरी र कोरियोग्राफर अश्वीन गुरुङले निर्णायकको भूमिका निभाउनुभएको थियो। यसबाहेक शास्त्रीय नृत्यका महेश प्रकाश हाडा र प्रोफेसर रामबाबु खत्रीको उपस्थिति पनि कार्यक्रममा रहेको थियो।

Messenger creation 44B50262 030F 44A4 98F1 FC54C7BE56FD

विद्यालयकी कार्यकारी प्रमुख शर्मिला देउजाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न कटवालले प्रमुख अतिथिको आसनबाट बोल्दै अभिभावकहरूको उपस्थितिमा बालबालिकाको प्रतिभा पहिचान गराउने विद्यालयको यो प्रयासको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रमको आयोजनाबारे प्रकाश पार्दै इभेन्ट म्यानेजर एवं सिनियर कोरियोग्राफर सुमि वानियाले सानै उमेरदेखि बालबालिकामा लुकेको प्रतिभा प्रस्फुटन गराई उनीहरूको आत्मविश्वास बढाउनु र चौतर्फी विकासमा सहयोग पुर्‍याउनु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार सबै सहभागी प्रतिस्पर्धीहरूलाई उनीहरूको मेहनतको कदर गर्दै ‘सब-टाइटल अवार्ड’ बाट समेत सम्मानित गरिएको थियो।

Messenger creation 40133D85 92B0 457B B36D 16ED28F85AA7