ताजा अपडेट

ट्रेन्डिङ

पोखराका दामोदर बने सफल अभिकर्ता

Gyan Khabar

ज्ञानखबर संवाददाता

२४ चैत २०७८, बिहिबार
284 पटक हेरिएको
पोखराका दामोदर बने सफल अभिकर्ता

करिब १८ वर्षदेखि बीमा अभिकर्ताको रुपमा सक्रिय छन् पोखरा माधिगाउँपालिकाका दामोदर सापकोटा । दैनिक जीवनमा बीमाको आवश्यकता चौतफी बढेसँगै दामोदरको व्यवस्तता पनि बढ्दो छ । कुनै समय मासिक तलबबाट काटिने करलाई जोगाउन बीमा गरेका दामोदर वर्तमान समयमा भने बीमा क्षेत्रमै भविष्य बनाउँदै छन् । हाल उनी कास्की जील्ला, पोखरास्थित नेपाल लाइफको ब्रान्चमा काम गर्दै आइरेहेका छन् ।

बीमा अभिकर्तामा पूर्णकालिन रुपमा लाग्नु अघि शिक्षण पेशामा संलग्न थिए पोखराका दामोदर । विज्ञान विषयको शिक्षकको रुपमा कार्यरत दामोदर एक समय साथीभाइको लहलहैमा लागेर नेटवर्किङ बिजनेसमा समेत लागेका थिए । शिक्षण पेशामा जमेका उनलाई पेशागत मर्यादाका कारण पनि नेटवर्किङमा जम्न मन लागेन । सोही क्रममा साथीभाइको गाडी दुर्घटना भएको खण्डमा सहयोग गर्ने क्रममा उनलाई बीमा गराउनु भनेको राम्रो रहेछ भन्ने छाप बसेको थियो । तर बीमा कसरी गर्ने र गराउने भन्ने बारे भने अन्योल नै थियो ।

२०६५ सालमा दामोदरले एलआइसी नेपाल लाइफ इन्स्योरेन्सबाट अभिकर्ता कोड लिएका थिए । त्यसो त उनलाई इन्स्योरेन्सबारे निक्कै उत्सुकता थियो । उनको यहि उत्सुकताकै कारण अभिकर्ताको यात्रा तय भएको थियो । केही कुरा आफैले अनुभव गरेपछि अरु व्यक्तिलाई विश्वास दिलाउन सकिने उनको भनाई छ । यसकारण उनले आफू अभिकर्ता बनेपछि पहिलो पटक आफ्नै श्रीमतिको बीमा गराएका थिए । अभिकर्ताको पहिलो वर्षलाई उनले परिक्षण समयको रुपमा राखेका थिए । सोही क्रममा आफ्नो र श्रीमतिको नामबाट कर्जा लिएका थिए । यसका साथै भइपरिआउने दुर्घटना बापत रकम भूक्तानी समेत पाएपछि उनलाई बीमा क्षेत्रमै लागि पर्न थप उर्जा मिलेको उनी बताउँछन् ।

बीमा गरेपछि स्वयम आफैले लिएको अनुभव विद्यालयका सहकर्मीसँग बाँडेपछि उनले एकै दिन ६५ जना शिक्षकहरुको बीमा गराएका थिए । यसरी बीमा गराउँदा विद्यालयबाट प्राप्त हुने मासिक तलबको कर समेत जोगिने भएपछि एउटै विद्यालयका शिक्षकहरुले एकै पटक आफूसँग बीमा गराएको उनी बताउँछन् । यसरी उनले आफ्नो बीमा अभिकर्ताको यात्रालाई थप फराकिलो बनाउने सुनौलो मौका पाएका थिए । प्रत्येक दिन बढ्दै गएको उनको बीमाको दायराले २०६८ सालमा ब्रान्च म्यनेजरसम्म पुर्यायो । उनले लगातार ०६८ देखि ०७१ सम्म धौलागिरि अञ्चलबाट ब्रान्च म्यानेजरको रुपमा काम गरेका थिए । साथै उनी नेपाल लाइफबाट अभिकर्ता संघ पोखराका शाखा सचिवको रुपमा समेत रहेका थिए । २०७७ मा भने नेपाल लाइफले उनलाई टप ५० को सम्मान प्रदान गरेको उनले बताए ।

१७ वर्षदेखि गर्दै आएको शिक्षण पेशा हाल भने अनौपचारिक कक्षाहरुमै सिमित बनेको छ उनको । विज्ञान विषयको शिक्षक भएकोले सामान्यतया उनले राम्रै आम्दानी गर्दथे । तर अभिकर्ता पेशालाई प्राथमिकतामा राखेर काम गर्न थालेपछि कमाई राम्रो हुन थाल्यो । फलस्वरुप उनले अभिकर्ता पेशालाई नै आफ्नो जागिरको रुपमा अंगालेको उनी बताउँछन् ।

अभिकर्ता पेशामा संलग्न भएको करिब १८ वर्ष वित्न लाग्यो । तर उनले कहिल्यै पनि आफन्तलाई फोर्स गरेनन् । पैसाको कुरामा आफन्तसँग लेनदेन गर्नु खासै उचित लाग्दैन उनलाई । यद्यपी उनको काम गर्ने शैलिका कारण आफन्तहरु बीमा गराइदिन उनी समक्ष आउने गरेको उनको भनाई छ । उनको अनुभवमा गाउँबस्तिमा अझै पनि कम्पनीलाई भन्दा अभिकर्तालाई विश्वास गरेर बीमा गराउने गर्छन् । यसकारण पनि अभिकर्ताले आफ्नो पेशाप्रति इमान्दारिता देखाउनुपर्ने उनको भनाई छ ।

उनी हाल एजेन्सीको रुपमा सक्रिय छन् । उनको धेरैभन्दा धेरै अभिकर्ता बनाउने योजना रहेको छ । सापकोटाले करिब ७ सयभन्दा बढीलाई अभिकर्ता बनाइसेकका छन् । त्यसमध्ये करिब ४ सयजनाले भने सक्रिय रुपमा काम गर्दै आइरहेका छन् । उनले बीमा अभिकर्ता यात्रा सु्रु गरेदेखि हालसम्म करिब ३ हजारभन्दा बढी पोलिसी बिक्री गरिसकेका छन् । बार्षिक रुपमा लगभग २५ लाख रुपैयाँ प्रिमियम संकलन गर्दै आएका सापकोटाको मासिक एक लाखभन्दा बढी कमाई हुने गरेको छ ।

अभिकर्ता पेशा जोकोहीले गर्न सक्ने पेशा हो जस्तो लाग्दैन उनलाई । तर समय दिएर काम गर्ने हो भने काम सुरु गरेको दुई वर्ष गाह्रो हुने तीन वर्षबाट भने सहजता आउने उनको अनुभव छ । जीवन बीमाले जीवनमा भइपरिआउने जोखिमलाई न्यूनिकरण गर्न सहज बनाउने भएकोले उनी यो पेशालाई समाज सेवाको रुपमा लिने गर्दछन् । तर नेपाली समाजमा अझै पनि बीमा बारे राम्रो जानकारी दिन नसक्दा धेरै मान्छे बीमाको सेवाबाट वञ्चित हुने गरेका छन् । यसका लागि प्रत्येक गाउँ बस्तीमा बीमा सचेतना कार्यक्रम गर्न आवश्यक रहेको उनी बताउँछन् । (साभार: इन्स्योरेन्स खबर)