ताजा अपडेट

ट्रेन्डिङ

अरनिको इन्टरनेशनल एकेडेमीमा अभिभावक दिवस सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र १६, २०७९
1381 पटक हेरिएको
अरनिको इन्टरनेशनल एकेडेमीमा अभिभावक दिवस सम्पन्न

अरनिको ईन्टरनेशनल एकेडेमीको ५० औं अभिभावक दिवस सम्पन्न भएको छ ।

औपचारिक रुपमा दीप प्रज्वलन र राष्ट्रिय गान सहित सुरु भएको कार्यक्रमको प्रारम्भमा विद्यालय सन्चालक समितिका उपाध्यक्ष रमेश पराजुलीले विद्यालयमा आईसीटी शिक्षाको अत्यावश्यकताका बारेमा प्रकाश पार्नु भएको थियो। उहाँले संस्कृत, योग, रोबोटिक्स, डिजाइन सोच, प्रोग्रामिङ लगायतका नविनतम सह-पाठ्यक्रमहरुलाई विद्यालय शिक्षामा अनिवार्यता गराउनु पछाडिका कारणका बारेमा अभिभावकहरुलाई अभिमुखिकीकरण गराउनु भयो ।

स्थापना कालदेखि यस विद्यालयमा २५ वर्ष अनवरत उप-प्रधानाध्यापक पदमा रहि सेवा गर्नु भएका कार्यक्रमको प्रमुख अतिथि श्री रतन प्रधान ज्युले विधालयको गौरवपूर्ण इतिहासको सम्झना गर्नु भएको थियो र अबका दिनमा अझै नेपालको शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याउनेमा विश्वसता प्रकट गर्नु भयो।

arniko ratan gyan

विद्यार्थीहरुले संस्कृत श्लोक र योगबाट कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गायन एवम नाटक लगायतका विभिन्न क्रियाकलापहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावक एवम यसै विधालयका पुर्व विधार्थी अजय आचार्यले बिद्यार्थीको बृहत्तर वृद्धि बिकासका लागि विद्यालयले समय सापेक्ष शिक्षा प्रदान गरेकोमा खुसी प्रकट गर्नुका साथसाथै विधालयको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

IMG 15a356aa71de79a4dcb05ecc1333db29 V

विद्यालयका प्रधानाध्यापक सुदर्सन नेपालले सम्पुर्ण अभिभावक एवम अतिथिहरुमा आभार प्रकट गर्दै आगामी वर्षदेखि अरनिकोले आफ्ना पाठ्यक्रमलाई अझै परिमार्जन एवम परिष्कृत गरेर विधार्थीहरुमा उधमशिलताको विकाशका लागि थप कार्यक्रमहरु सन्चालन गर्ने जानकारी गराउदै औपचारिक कार्यक्रमलाई समापन गर्नु भयो।

IMG 33e888b3211d91ebef3cb2e6cc700fb5 V