ताजा अपडेट

ट्रेन्डिङ

बिनायकमा जिम्न्याष्टिक प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, असार ७, २०८०
199 पटक हेरिएको
बिनायकमा जिम्न्याष्टिक प्रतियोगिता सम्पन्न

मध्यपुर थिमि स्थित विनायक शिक्षा निकेतन ईङ्ग‌लिस सेकेण्डरी स्कूलले ओलम्पिक डे को उपलक्ष्यमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिच छात्र/छात्रा को छुटा छुटै समूहमा जिम्न्याष्टिक प्रतियोगिता आयोजना गरियो ।

उक्त प्रतियोगितामा स्थानीय अभिभावक तेजबहादुर शंखदेब र र उषा प्रजापति ले विजय खेलाडीहरुलाई प्रमाणपत्र तथा पदक बितरण गरियो । पुरस्कार वितरण समारोहमा बोल्दै अतिथि अभिभावक उषा प्रजापतिले खेलकुद हाम्रो जिवनको लागि अपरिहार्य भएको बताउनु भयो ।

साथै पुरस्कार वितरणका सभापति एंवम् बिद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले विद्यार्थीहरुलाई हौसला प्रदान गर्न खेलकूद प्रति आकर्षित गर्न ओलम्पिक डे को अवसरमा खेलकूद को आयोजना गरिएको कुरा बताउनु भयो ।