ताजा अपडेट

ट्रेन्डिङ

पोखरा विश्वविद्यालय भन्छ- इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन

Gyan Khabar

ज्ञानखबर

सोम, साउन २९, २०८०
209 पटक हेरिएको
पोखरा विश्वविद्यालय भन्छ- इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन

पोखरा विश्वविद्यालयमा इन्जिनियरिंगको पढाई संसारको कुनै देशको भन्दा कुनै हिसावले कम नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । साथै उनीहरुले नेपालमा इन्जिनियरिङ पढ्न र पढिसकेपछि काम गर्न अवसर नै अवसर भएको अनुभब पनि सुनाए । 

पोखरा युनिभर्सिटी फ्याकलटी अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनका अवसरहरु विषयमा आइतबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले इन्जिनियरिङको पढाई पोखरा विश्वविद्यालय र त्यसबाट सम्वन्धन प्राप्त इन्जिनियरिंग कलेजहरुमा अन्तर्राष्टियस्तरको पढाई हुने बताए । ‘इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन, उनीहरुको सामूहिक भनाई थियो, ‘न काम गर्न नै विदेश जानुपर्छ । स्वदेशमै बसेर अन्तर्राष्टियस्तरमा काम गर्न सकिन्छ ।’ प्रविधिको विकासले घरमै वसेर पनि अन्तर्राष्टियस्तरमा काम गर्न सकिने उनीहरुको भनाई थियो । 

कार्यक्रममा सिनियर हाइड्रो पावर एक्सपोर्ट एवं हाइड्रो सलुशनका इकजुकेटिभ चेयरम्यान इन्जिनियर ज्ञानेन्द्रलाल प्रधान, पूर्व मिस नेपाल आर्किटेक श्रृंखला खतिवडा, नेपाल इन्जिनियरिंग काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शाही, आईटी इन्जिनियर विरोध रिजाललगायतले विभिन्न विषयमा छुटाछुटै पेपर प्रस्तुत गर्दै इन्जिनियरिंगमा अवसर नै अवसर रहेको सुनाए ।

कार्यक्रममा पोखरा युनिभर्सिटीका भाइस चान्सलर प्राडा प्रेमनारायण अर्याल, पोखरा युनिभर्सिटीकै रजिष्टार प्राडा दीपकबहादुर भण्डारी इन्जिनियरिंगमा नाम र दाम दुवै भएको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुताहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।  

पोखरा विश्वविद्यालय २६ वर्षको अन्तरालमा एउटा विशिष्टकृत पहिचान र उचाई लिएको नेपालकै चर्चित विश्वविद्यालय हो । यसको गौरव र गाथालाई अक्षुण्ण राख्दै यो विश्वविद्यालय निरन्तर अगाडि बढिरहेको छ । राष्टियस्तरमा देखा परिरहेको विद्यार्थी पलायन रोक्न र विश्वविद्यालयहरूमा घट्दै गएको विद्यार्थी भर्नादरलाई बढाउन यो विश्वविद्यालयले अहम भूमिका निभाउँंदै आएको छ । 

2308141692028993322010367417305 597686945894723 8037522900495652159 n 1