ताजा अपडेट

ट्रेन्डिङ

भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत तेस्रो चरणको प्रतियोगिता Judges’ Round सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, अशोज १७, २०८०
1329 पटक हेरिएको
भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत तेस्रो चरणको प्रतियोगिता Judges’ Round सम्पन्न

वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत आज तेस्रो चरणको प्रतियोगिता Judges’ Round आज सम्पन्न गरेको छ ।

कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसार आजको चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १० विद्यार्थीहरूले गायन प्रस्तुति दिएका थिए। यस Judges’ Round मा विद्यार्थीहरुले निर्णायक मण्डलले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गाएका थिए ।

सो चरणमा निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगित संयोजन कर्ता गनु राज राई र गायिका सरिता प्रजापति रहेका थिए।

vobs34

कार्यक्रममा अनलाइन मिडिया पार्टनरका रूपमा ज्ञानखबर (gyankhabar.com) तथा एबिसिडी खबर, साउण्ड पार्टनरका रूपमा भक्तपुर साउण्ड एण्ड लाइट्स, अडियो मास्टरिङ पार्टनरको रूपमा अक्टेभ म्युजिक स्टुडियो, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सर्मीज ब्यूटि जोन रहेका छन् । कार्यक्रममा आइकन म्युजिक एकेडेमी, संगीत ग्राम गुरुकुल नेपाल, क्वालिटी डिजिटल स्टुडियो र अक्टेभ म्युजिक स्टुडियोले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेको छ।

आजको चरणबाट ५ प्रतियोगीहरु निर्णायक चरण अर्थात Grand Finale मा प्रवेश गर्न सफल भएका छन् । यस चरणको रेकर्ड लाइभ भने आइतबार साँझ प्रसारण हुने जानकारी प्राप्त भएको छ ।

विशेष आकर्षणका रूपमा भ्वाइस अफ वागीस्वरी सिजन २ का विजेता पूजा ठोकरले आफ्नो प्रस्तुति दिएका थिए ।

vobs36

vobs33

vobs31

vobs35 e1696433091371