ताजा अपडेट

ट्रेन्डिङ

सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण गरिने

Gyan Khabar

ज्ञानखबर

सोम, मंसिर ४, २०८०
477 पटक हेरिएको
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण गरिने

सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनिमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ।

प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनिमिया सम्बन्धी नि:शुल्क गरिने जनाएको हो।

प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका बिरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेकोमा अवव नि:शुल्क जाँच गरिने अस्पतालको भनाइ छ।

‘अस्पतालको सामाजिक सेवा एकाई (कोठा नम्बर २४) बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ,’ अस्पतालले जारी गरेको सूचनामा भनिएको छ।

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ।

seti hos