ताजा अपडेट

ट्रेन्डिङ

एलआरआइ स्कुलमा चाइनिज स्थानीय भाषाका शिक्षकहरूको सम्मेलन सुरु

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ ४, २०८०
260 पटक हेरिएको
एलआरआइ स्कुलमा चाइनिज स्थानीय भाषाका शिक्षकहरूको सम्मेलन सुरु

चाइनिज लोक टिचरको कन्फरेन्स सुरु भएको छ । काठमाडौंको कलंकीस्थित एलआरआइ स्कुलमा सुरु भएको कन्फरेन्स २१ तारिकसम्म सञ्चालन हुने स्कुलका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए ।

नेपालस्थित चिनियाँ दूतावासका राजनीतिक सल्लाहकार वाङ जिन, जिल्ला शिक्षा समन्वय एकाइ, काठमाडौंका अधिकृत युवराज दाहाल र सम्बन्धित क्षेत्रका व्यक्तिहरू कन्फरेन्समा सहभागी भएको उनले बताए ।

जनवादी गणतन्त्र चीनको शिक्षा मन्त्रालयको भाषा शिक्षा र सहयोग केन्द्रले आयोजना गरेको र बेइजिङले आयोजना गरेको ‘नेपालमा स्थानीय चिनियाँ भाषा शिक्षकको विशेषज्ञ तालिमको २०२४ कार्यक्रम’ को उद्घाटन समारोहमा सहभागी हुन नेपालका विद्यालय, अन्तर्राष्ट्रिय चिनियाँ कलेजका प्रतिनिधिले सहभागीता जनाएका थिए ।

नेपालमा अन्तर्राष्ट्रिय चिनियाँ शिक्षामा संलग्न रहेका स्थानीय चिनियाँ भाषा शिक्षकहरूलाई आफ्नो व्यावसायिक सीपमा थप सुधार गर्न र चिनियाँ संस्कृतिको गहिरो बुझाइ प्राप्त गर्ने अवसर प्रदान तालिमको आयोजना गरिएको बताइएको छ । साथै यसले नेपालमा चिनियाँ शिक्षाको विकासमा इँटा थप्ने विश्वास गरेको छ ।