ताजा अपडेट

ट्रेन्डिङ

हिसान भक्तपुरको आयोजनामा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ २५, २०८०
430 पटक हेरिएको
हिसान भक्तपुरको आयोजनामा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हिसान भक्तपुरको आयोजना र बिनायक शिक्षा निकेतन मध्यपुर थिमिको संयोजकत्वमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता २०८० एक समारोहबिच सु–सम्पन्न भएको छ ।

हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालको सभापतित्वमा सम्पन्न समारोहमा कार्यक्रम संयोजक बिनायक शिक्षा निकेतनका संस्थापक प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिले प्रतियोगिताको उद्धेश्यमाथि प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गरेका थिए ।

प्रमुख अतिथिको मन्तव्य राख्नु हुँदै मध्यपुर थिमि नगरपालिका, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले बिद्यार्थी वर्गको बोल्ने कलामार्फत ब्यक्तित्व र नेतृत्व बिकासमा टेवा पुग्ने बताए ।

बिनायक शिक्षा निकेतनका +२ संयोजक तुल्सीहरि प्रजापतिले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्णायक भूमिका निभाउँदै निर्णायकद्वय जीवनाथ अधिकारी तथा ईश्वरलाल श्रेष्ठले प्रतियोगीहरूलाई प्रतियोगिता सम्बन्धि नियमहरू जानकारी गराउनुका साथै उत्प्रेरणा तथा अभिमुखिकरण गरेका थिए ।

हिसान भक्तपुर अन्तर्गतका ८ वटा कलेज/बिद्यालयहरूबाट १४ जना बिद्यार्थीहरूले प्रतियोगितामा सहभागी रहेको थियो । तीमध्ये माेडर्न कलेजका सुयाेग ढुङ्गेलले प्रथम, एसएस कलेजका भुवन घिमिरेले द्वितीय, सुप्रिम एकेडेमीका कट्रिना खकुरेलले तृतीय र बिनायक शिक्षा निकेतनका यशाेदा खत्रीले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।