ताजा अपडेट

ट्रेन्डिङ

थिमीको पाँच पोखरी पदयात्रामा प्रबिधिको प्रचार

Gyan Khabar

ज्ञानखबर

बिहि, बैशाख १३, २०८१
547 पटक हेरिएको
थिमीको पाँच पोखरी पदयात्रामा प्रबिधिको प्रचार

मध्यपूर थिमीस्थित पाँच पोखरी पदमार्गमा बिहीबार बिहानै स्कूल तहमा अध्ययन गर्ने किशोरी तथा छात्राहरू ब्यानर सहित देखिए । ब्यानरमा महिलाहरुको सूचना प्रबिधि क्षेत्रमा सहभागीता ब्यापक रुपमा बढाउन पर्ने लगायतका संदेशहरु लेखिएका थिए ।

सूचना प्रबिधिमा, जीवन अर्पण गरेका हजुरआमा पुस्ताको नेतृत्वमा गरिएको परिक्रमालाई साथ दिदै आमापुस्ताका महिलाहरुले नातिनी पुस्ताका किशोरीहरुको लागि सूचना प्रबिधि क्षेत्रमा हुने अवसरहरुको बारेमा जानकारी गराएका थिए।

thimi five pound walk 03

थिमी दरवारमा भेलामा भएका तीन पुस्ताका महिलाहरुले बालकुमारी पुखु, स्वंगा पुखु, भुलाँपुखु र निगु पुखु दुई गरी पाँच वटा पोखरी परिक्रमा गरेका थिए । पदयात्रामा तीनपुस्ताका महिलाहरुलाई पुरुष शिक्षकहरु र किशोरहरुले समेत साथ दिएका थिए ।

thimi five pound walk 02

सूचना प्रबिधि क्षेत्रमा महिलाहरु बढाउने उदेश्य राखि प्रचार प्रसारको लागि पदयात्रा गरिएको थियो । पदयात्रामा उत्कृष्ट संदेश प्रवाह गर्ने समूहलाई शुक्रबार सूचना प्रबिधि सम्मेलनको समारोह पुरस्कृतमा गरिनेछ ।

thimi five pound walk 01