ताजा अपडेट

ट्रेन्डिङ

एक बर्षे शिक्षक तालिम शुभारम्भ

Gyan Khabar

ज्ञानखबर

मङ्ल, अशोज १, २०८१
1046 पटक हेरिएको
एक बर्षे शिक्षक तालिम शुभारम्भ

भक्तपुर जिल्लामा 4S Educators आबद्ध विनायक शिक्षा निकेतन स्कुल, क्रिएटिभ लनर्स एकेडेमी, एडभान्स्ड एकेडेमी स्कुल, माउन्ट भ्यू ईङ्ग्लिस बाेर्डिङ् स्कुल र इस्ट पोइन्ट एकेडेमीका शिक्षकहरुलाई काठमाडौँ युनिभर्सिटीको प्राविधिक सहयोगमा सञ्चालन हुने एकवर्षे शिक्षक तालिमको काठमाडौँ युनिभर्सिटी स्कुल अफ डिन प्रोफेसर डाक्टर हेमराज काफ्लेले एक समारोह बीच आज असोज १ गते दिन माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल बालकोटमा उद्घाटन गरेको हो ।

उद्घाटनमा प्राध्यापक डा. काफ्लेले विश्वविद्यालयले समुदायसँग सहकार्य गर्ने उद्देश्य अनुसार विभिन्न विद्यालय तथा कलेजहरूसँग मिलेर विभिन्न तालिमहरु सञ्चालन गरिँदै आएको जानकारी गराए । साथै उनले राम्रो शिक्षाको लागि राम्रो शिक्षकको आवश्यक भएकोले विश्वविद्यालयले शिक्षकहरूको पेशागत विकासका लागि धेरै कार्यक्रमहरु सञ्चालन गरिरहेको कुरा बताए ।

कार्यक्रममा विनायक शिक्षा निकेतन स्कुलका प्राचार्य सुरेन्द्र विक्रम प्रजापतिले स्वागत मन्तव्य दिएका थिए । काठमाडौँ विश्वविद्यालयबाट प्रशिक्षकहरू र 4S एजुकेटर्ससँग आबद्ध रहेका विद्यालयका प्राचार्यहरु रमेश चन्द्र श्रेष्ठ, मिना महर्जन, कृष्ण हरी घवा श्रेष्ठ, सोम कृष्ण प्रजापतिको उपस्थित रहेको थियो । तालिममा १०० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो।

PkzPm8qt

kanfUgLZ