ताजा अपडेट

ट्रेन्डिङ

धान बाली भित्र्याउँदै विनायकका विद्यार्थीहरू

Gyan Khabar

ज्ञानखबर

सोम, कार्तिक ५, २०८१
325 पटक हेरिएको
धान बाली भित्र्याउँदै विनायकका विद्यार्थीहरू

मध्यपुर थिमी क्षेत्रको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले असोज ५ गते धान काटने कार्यक्रमको आयोजना गरेको छ ।

गत असार महिनामा पूर्व प्राथमिक तहका शिक्षिकाहरूको संयोजनमा विद्यार्थीहरूले विद्यालय परिसरमा आफै रोपाई गरी गोडमेल गर्दै हाल पाकिसकेको धान काटेर बाली भित्र्याउने कार्य गरिएको र त्यसबाट विद्यार्थीहरुले कृषिप्रधान देशका किसानहरूको जीवनशैली र क्रियाकलाप आफैले प्रयोगात्मक शैलीका माध्यमबाट बुझ्न सक्ने व्यवहारिक ज्ञान प्राप्त गर्न सकेको जानकारी विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले दिए ।

सो अवसरमा पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूले आफैंले रोपेर आफैले काट्दै आफैंले झार्ने अवसर प्राप्त गरेका थिए ।

पूर्व प्राथमिक तहका शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा अभिभावकहरूको उपस्थिति रहेको र उपस्थित अभिभावकहरूले विद्यालयले हरेक अवसरमा आफ्ना नानीहरु लाई प्रगतिशील सोचको व्यावहारिक शिक्षा प्रदान गर्दै आएकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

sJJcQCnS