आइ.एम.एस कलेजमा स्टार्टअप सेसन पौष २६ गते शुक्रवारका दिन सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य वक्ता युवा उद्यमी तथा लुमीएर नेपालकी संस्थापक एवम नेक्सशिफ्ट टेक्नोलोजीकी प्रबन्धक निर्देशक स्वीकृति न्यौपानेले प्रतिस्पर्धिहरुलाई आफ्नो व्यवसायको आइडियालाई कसरी व्यवहारमा ल्याएको बारेमा भन्दै आफ्नो स्टार्टअपलाई आफू र आफ्नो साथीले कलेज पढ्दा देखिनै सानोबाट सुरुवात गरेको कुरा बताए । साथै उनले व्यवसायको सुरुवाती चरणमा आएका चुनौतीहरुलाई सबैको माझमा खुलाई र चुनौतीहरुलाई कसरी सामना गरेको कुरा उल्लेख गरे ।
निर्देशक न्यौपानेले मार्केटमा आएका अन्य गिफ्टिङ सामानहरु र आफ्नो सामानमा रहेको विशेषतालाई टिकटकमा देखाई गाह्रकको मन जितेको बारेमा विश्लेषण गरी आफ्नो व्यवसायलाई अझै दरिलो बनाउन ग्राहकहरुका सल्लाहलाई ध्यानमा लिँदै लजिस्टक पार्टनर नेपाल क्यान मुभ संग जोडिएको कुरा उल्लेख गर्नुका साथै लुमिएर नेपालको प्रोडक्टमा ग्राहकसंगको सम्बन्ध विस्तार देखि गुणस्तरीयतामा ध्यान दिएको कुरा बताए । उनले आफ्नो स्टाईटप जर्नी सानो भिडियोमा देखाई कार्यक्रममलाई अझै प्रतिस्पर्धी उन्मुख बनाउन स्टार्टअप सम्बन्धि विभिन्न कुराजस्तै प्रोडक्टको निर्माण, यसको आउटसोर्सिङ, पार्टनरसँगको सम्बन्धका बारेमा प्रतिस्पर्धीका जिज्ञासालाई सरल तरिकाले मेटाएका थिए ।
कार्यकमको अन्त्यमा कन्टेन्ट क्रेटर अनुस्का फुल्जेलले आइ.एम.एस कलेजमा माघ ३ गते लियो कलबको सहकार्यमा रक्तदानको शिविर साथै स्वास्थ्य जाँच हुने कुरा घोषणा गरिएको र सबै लाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।
कार्यक्रमलाई सफल बनाउन मिथिला थिङस, आरस्क फुड, सन सेकुरिटिज, समाज डेन्टल, टु पिएम नुडलस, एनमबी बैंक, ज्योती विकास बैँक, जाम पाउरोटी, अरबान मेज, एस क्याफे, रियल र्बस्ट, गलोबल टेलरिङ, लाभा लन्ज एण्ड बार, के टिएम, क्रेटिभ लिङ्क, प्रोसर र आइडिया प्रेन्युर नेपालद्वारा साथ दिएको थियो ।