ताजा अपडेट

ट्रेन्डिङ

सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

Gyan Khabar

ज्ञानखबर

आइत, पुस २८, २०८१
313 पटक हेरिएको
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

सिद्धार्थ लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा.लिकाे मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर समपन्न भएको छ ।

कोटहीमाई सामुदायिक सिकाई केन्द्रको आयोजना तथा नेपाल सि.एल.सि. परियोजनाको सहयोगमा शनिबार मर्चवार आदर्श मा.वि मझगावांमा निःशुल्कको स्वास्थ्य शिविर गरिएको हो । मर्चवारका स्थानियवासीहरुलाई मध्यनजर गर्दै स्वास्थ्य उपचारमा केही राहत होस भनेर उक्त शिविर गरिएको लाईफ केयरका संचालक उमेश यादवले बताए ।

‘यहाँका स्थानीयवासीहरुलाई उपचारका लागि टाढा टाढा जानुपर्ने र कतिपय विरामीहरु अस्पताल टाढा भएर उपचार गराउन नपाएकोले धेरै जसो बिरामीहरु रोगसँग लडिरहेका थिए, यस्ता मानिसहरुलाई हामीले केही भएपनि उचार गरेर सहयोग गर्ने प्रयास गरेका हाैं,’ उनले भने ।

शिविरबाट २०० बढीले स्वास्थ्य लाभ लिएको हाडजोर्नि तथा नशा रोग विशेष्ज्ञ डा. सचिन कार्कीले जानकारी दिए । हाडजोर्नि खिइने, छाला रोग, दम रोग र दिर्घ रोगीहरु जस्तै सुगर, प्रेसरका बिरामीहरु अत्यधिक मात्रामा आएको डा. कार्कीले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य लाभ लिनपाउदाँ स्थानीयहरुले खुसी व्यक्त गरेका छन । उनीहरु भन्छन, ‘यस्तो शिविर प्रत्येक वर्ष भए एकदमै राम्रो हुने थियाे ।’

शिवीरमा हाडजोर्नी, बाल रोग, नाक कान घाटी, छाला रोग र मेडिसीनको डाक्टर गरी ४ जनाले शिविरमा उपचार दिएका थिए । शिविरमा २ वर्षको बच्चा देखी लएर ७५ वर्षको वृद्धाहरुले उपचार गराएको सिद्धार्थ लाईफ केयरका संचालक समितिले जनाएको छ ।

m2