ताजा अपडेट

ट्रेन्डिङ

भूकम्प दिवसको अवसरमा भूकम्प इन्जिनियरिङको चौथो राष्ट्रिय सम्मेलन

Gyan Khabar

ज्ञानखबर

शुक्र, माघ ४, २०८१
402 पटक हेरिएको
भूकम्प दिवसको अवसरमा  भूकम्प इन्जिनियरिङको चौथो राष्ट्रिय सम्मेलन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भूकम्प दिवसको अवसर पारेर भूकम्प इन्जिनियरिङको चौथो राष्ट्रिय सम्मेलन शुक्रबार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले उद्घाटन गरी सुरू भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै सांसद सुवालले देशको सन्तुलित विकासले गरिबी उन्मूलन सम्भव हुने र संसारभरको देशमा शान्ति आवश्यक परेको बताए ।

बस्ती विकास गर्दा स्थानीय तहहरुले भूकम्प र विपद् जोखिम न्युनीकरण गरी आवश्यकताअनुसारको आवास क्षेत्र विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भौतिक संरचना निर्माणमा हुने कमी कमजोरी र लापरबाहीका कारण विपद्मा धेरै हानी नोक्सयाउन पुर्‍याउने हुँदा अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
सांसद सुवालले उपभोक्ताबाट हुनुपर्ने काम ठेकेदार र कन्सलटेन्टमार्फत सञ्चालन हुँदा सरकार निरीह र कमजोर हुँदै गएको बताउँदै उहाँले ठेकेदारहरुबाट हुने काम कमसल पनि हुने गरेको बताए ।

भूगर्भशास्त्रीहरुका अनुसार उपत्यकाको माटो झन् झन् कमजोर हुँदै गएको र गह्रौं संरचनाको भारी उपत्यकाले ठेग्न नसक्ने अवस्थामा पुगेको बताउँदै उहाँले इन्जिनियर, प्राविधिक र भूगर्भशास्त्रीले यस विषयमा अध्ययन अनुसन्धानतर्फ ध्यान दिनुपर्ने बताए ।
भूकम्पीय क्षति न्युनीकरणको लागि निर्माण सामाग्रीहरुको गुणस्तर जाँच हुनु आवश्यक रहेको बताउँदै उनले निर्माण क्षेत्रमा लाग्ने व्यापार व्यवसायीहरु इमानदार हुनुपर्ने र दक्ष जनशक्तिको खाँचो रहेको बताए ।

देश कमजोर हुनुमा कन्सल्लटेन्ट र ठेकेदारहरु पनि दोषी रहेको बताउँदै देशको सन्तुलित विकासले पनि देशको अर्थतन्त्रलाई पनि बलियो पार्ने धारणा सांसद सुवालले व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले अध्ययन अनुसन्धानलाई अगाडि बढाउँदै वैज्ञानिक शिक्षामा जोड दिँदै आएका बताए । यी कलेजहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरी भूकम्पबाट हुने जनधनको क्षति न्युनीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि सम्पूर्ण पूर्वाधारहरु तयार गरिसक्दा पनि सरकारले विश्वविद्यालय सञ्चालन स्वीकृति दिन ढिलाइ गरिरहेको बताउँदै उनले सस्तो र गुण्स्तरीय शिक्षामा जोड दिँदै आएको भक्तपुर नगरपालिका विश्वविद्यालय सञ्चालन गर्न प्रस्ताव गर्ने नेपालकै पहिलो नगरपालिका भएको बताए ।

उपप्रमुख रजनी जोशीले कलेजले आयोजना गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन गरी समाजको मात्र नभई सिंगो देशकै गरिमा बढाउने कार्य गर्दै आएको बताए । विनाशकारी भूकम्पपश्चात यी कलेजहरुले भक्तपुरको पुनःनिर्माण कार्यमा धेरै योगदान पु¥याएको उल्लेख गर्दै उहाँले भूकम्प विनास सँगसँगै नयाँ नयाँ कुरा सिक्ने अवसर पनि भएको बताए ।

विश्वविद्यालय अनुदान आयोगका कार्यक्रम अफिसर दिनेश प्रजापतिले आयोगले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा गरिरहेको क्रियाकलापहरुबारे अवगत गराउँदै भूकम्पको हिसाबले नेपाल अति संवेदनशील देश भएको र विपद्को प्रभावकारी समाधान विकास गर्न सम्मेलन उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।

FB IMG 1737271710329

FB IMG 1737271694163