ताजा अपडेट

ट्रेन्डिङ

मधेश प्रदेश सरकारले माग्यो स्वयंसेवक शिक्षक

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन २, २०८१
811 पटक हेरिएको
मधेश प्रदेश सरकारले माग्यो स्वयंसेवक शिक्षक

मधेश प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयले स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले माध्यमिक तह (कक्षा ९–१०) का लागि बुधबार नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयमा १३२ जना स्वयंसेवक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम “स्वयंसेवक शिक्षक कार्यक्रम” संचालनका लागि चाहिने आवश्यक देहाय बमोजिमको माध्यमिक तह (कक्षा ९-१०) का लागि स्वयंसेवक शिक्षकहरु भर्नाको लागि प्रदेश स्वयंसेवक शिक्षक परिचालन कार्यविधि, २०८१ बुंदा नं. ५ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भरी मन्त्रालयमा बुझाउन भनिएको छ ।

swanyam sewak teacher Notice02122025