भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरमा AWS (Amazon Web Services) र Cloud Computing विषयमा दुई दिने बुटक्याम्प सम्पन्न भएको छ । बी.एस.सी सीएसआईटी (B.Sc. CSIT) र बीआईटी (BIT) मा पाँचौं र छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको पहिलो दिन लिनक्स कमान्ड, क्लाउड कम्प्युटिङ, AWS EC2 Basic, इमेज/टेम्प्लेट (Image/Template), एएसजी (ASG), लोड ब्यालेन्सर, भिपीसी (VPC – Virtual Private Cloud), एस३ बकेट (S3 Bucket) सम्बन्धी बिषयहरूमा विद्यार्थीहरूलाई प्रशिक्षण गरिएको थियो ।
दोस्रो दिन एसक्युएस (SQS – Simple Queue Service), एसएनएस (SNS – Simple Notification Service), एपीआई गेटवे (API Gateway) र ल्याम्डा (Lambda), आईएएम युजर (IAM User), ग्रुप (Group), रोल (Roles), पोलिसी (Policies), कोड कमिट (Code commit), कोड बिल्ड (Code Build), कोड डिप्लोई (Code Deploy), कोड पाइपलाइन (Code Pipeline) र प्रोजेक्ट वर्क (Project Work) लगायतका बिषयहरूमा विद्यार्थीहरूलाई प्रयोगात्मक तरीकाबाट प्रशिक्षण गरिएको थियो ।
उक्त कार्यक्रममा स्रोत व्यक्तिका रूपमा २० औं वर्षदेखि आईटी (IT) क्षेत्रमा कार्यरत रहेका एनएसएस थाइल्याण्डका प्रोजेक्ट म्यानेजर सूर्य सिंह गुरुङ घले (AWS/GCP सर्टिफाइड) र नरहरि गौतम (AWS सर्टिफाइड) रहेको आईटी कार्यक्रम संयोजक सुशान्त पौडेलले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. कविता लुईटेल,बी.एस.सी सीएसआईटी/बीआईटी/एमआईटी कार्यक्रम संयोजक सुशान्त पौडेल, विभागीय शिक्षकहरू, कर्मचारीहरू तथा स्व.वि.यु सभापति पुकार पराजुली सहितको सहभागिता रहेको थियो ।