ताजा अपडेट

ट्रेन्डिङ

हिसान वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, फाल्गुन १०, २०८१
529 पटक हेरिएको
हिसान वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हिसान भक्तपुरकाे आयाेजना र बिनायक शिक्षा निकेतनकाे समन्वयमा तेस्राे अन्तर कलेज +२/बिद्यालय वक्तृत्वकला प्रतियोगिता बिनायक शिक्षा निकेतनकाे सभाहलमा सम्पन्न भएकाे छ ।

हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालकाे सभापतित्वमा र प्राञ्जल नेपालका अध्यक्ष आचार्य डिल्लीराम गाैतमले प्रमुख आतिथ्यता सम्पन्न भएको थियाे ।

बरिष्ठ साहित्यकार जीवनाथ अधिकारी तथा शिक्षक ईश्वरलाल श्रेष्ठ निर्णायक रहनु भएकाे साे कार्यक्रममा माेडर्न कलेजका निर्मा तामाङ प्रथम, सुप्रिम एकेडेमीका अप्सरा खत्री द्वितीय तथा अक्सफोर्ड प्राक्टिकल स्कुलका अनामिका बयलकाेटी तृतीय भएका थिए । बिजेता बिद्यार्थीहरूलाई प्रमाण-पत्र, पदक तथा शिल्डद्वारा सम्मानित गरिएकाे थियाे ।

Messenger creation 4987B755 C95F 477C 9AEA 9CA22ADA86BF

बिद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले स्वागत मन्तव्य राख्नुभएकाे उक्त कार्यक्रममा +२ संयाेजक तुल्सीहरि प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभयाे ।

हिसान भक्तपुर अन्तर्गतका ७ अाेटा कलेजका १४ जनाकाे सहभागिता रहेकाे साे कार्यक्रम बिद्यालयका शिक्षक जयन्ती बजगाईले सञ्चालन गर्नभएकाे थियाे ।

FB IMG 1740193927149