पर्सा जिल्लाको वीरगञ्जमा फागुन १५ र १६ मा सम्पन्न नेशनल प्याब्सनको केन्द्रीय राष्ट्रिय महाधिवेशनले गीता राणा क्षत्रीलाई सर्वसम्मतिले अध्यक्ष पदमा निर्वाचित गरेको छ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पदमा बृजेन्द्र मिश्र, ज्ञानेन्द्र मोहन भट्टराई, र सूर्य बहादुर अधिकारीसहित अन्य पदाधिकारीहरू चयन गरेको छ।
त्यस्तै, उपाध्यक्ष पदमा कुमार बहादुर भट्टराई (काठमाडौं), डम्बर कार्की, कृष्ण उप्रेती (सिन्धुली), डा. नन्दन कुमार झा र अन्य तीन जना निर्वाचित भएका छन्।
प्रताप बहादुर थापा महासचिव र कुबेर बस्नेत कोषाध्यक्षमा निर्वाचित भएका छन्। तेन्जिङ भुटिया (काठमाडौं), बिक्रम ढुकुछु (भक्तपुर) लगायत ६ जना केन्द्रीय सचिव पदमा सर्वसम्मत निर्वाचित भएका छन्।
डा. नबरथ बानियाँ, नीता श्रेष्ठ, विजय खरेल, विनय श्रेष्ठलगायत अन्य प्रतिनिधिहरू सदस्य पदमा निर्वाचित भएका छन्।

