ताजा अपडेट

ट्रेन्डिङ

सिद्धेश्वर लालकुमारी माविमा विद्यार्थीहरूलाई शिक्षा साक्षरता कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, फाल्गुन २०, २०८१
1187 पटक हेरिएको
सिद्धेश्वर लालकुमारी माविमा विद्यार्थीहरूलाई शिक्षा साक्षरता कार्यक्रम सम्पन्न

सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय, बुटवल ७ दीपनगरमा विद्यार्थीहरूलाई शिक्षाबाट कामको संसारमा प्रवेश गर्न सहयोग पुर्‍याउने उद्देश्यले वृत्ति मार्ग निर्देशन कार्यक्रम अन्तर्गत दुईवटा महत्वपूर्ण साक्षरता कार्यक्रमहरू सम्पन्न भएका छन्।

पहिलो कार्यक्रम कक्षा ८ का विद्यार्थीहरूका लागि वित्तीय साक्षरतामा केन्द्रित थियो, जहाँ वित्तीय विज्ञ कृष्ण खड्काले बैंक क्षेत्रको भविष्य र वित्तीय संस्थाहरूको अवस्थाबारे जानकारी गराए। दोस्रो कार्यक्रम कक्षा ९ का विद्यार्थीहरूका लागि इन्जिनियर अमित खनालद्वारा प्राविधिक र यान्त्रिक सीपहरू, विशेष गरी इन्जिनियरिङमा आधारित सीपहरूमा केन्द्रित थियो।

दुवै कार्यक्रमको समापन समारोहमा विद्यालयका प्रधानाध्यापक दिननाथ गिरीले इन्स्योरको पहलको प्रशंसा गर्दै विद्यार्थीहरूलाई विभिन्न पेशाहरूको महत्वबारे सचेत गराउने, श्रम बजारमा नयाँ अवसरहरूका बारेमा जानकारी दिने र उनीहरूलाई सही निर्णय लिन सक्षम बनाउने कार्यको सराहना गरे। उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्नो रुचि अनुसारको पेशा छनौट गर्न र आवश्यक योग्यताहरू प्राप्त गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।

सह-प्रधानाध्यापक लेखनाथ पौडेलले इन्स्योर परियोजनालाई धन्यवाद दिँदै विद्यार्थीहरूलाई आफ्नो भविष्यको लागि उपयुक्त पेशा छनौट गर्न यस्ता कार्यक्रमहरू उपयोगी हुने बताए।

FB IMG 1741068029844

अन्तमा, प्रधानाध्यापक गिरीले कार्यक्रम सफल पार्न सहयोग गर्ने हेल्भेटास नेपाल इन्स्योर, प्रशिक्षकहरू हरि प्रसाद पोख्रेल, कल्पना मरासिनी, कृष्ण खड्का, अमित खनाल, सहायक प्रधानाध्यापक लेखनाथ पौडेल, शान्ता शर्मा र आईटी शिक्षक सुमन बस्यालप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।

FB IMG 1741068051271