ताजा अपडेट

ट्रेन्डिङ

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

Gyan Khabar

ज्ञानखबर

मङ्ल, फाल्गुन २७, २०८१
703 पटक हेरिएको
वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उनलाई दुई वर्षका लागि नियुक्त गरेका हुन्।

प्राडा बस्नेतले डा. शर्मासहित डा. अनुपमा कार्की र डा. समाज गौतमको नाम सिफारिस गरेका थिए। मन्त्री पौडेलले पहिलो नम्बरमा सिफारिसमा परेका डा. शर्मालाई निर्देशक बनाउने निर्णय गरेका हुन्।

डा. शर्माले आजै पत्र बुझेर जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। “मन्त्रालयबाट नियुक्ती पत्र लिनका लागि बोलाउनु भएको छ। सम्भवत आज पत्र बुझ्छु र जिम्मेवारी सम्हाल्छु,” डा. शर्माले संक्षिप्त प्रतिक्रिया दिए।

यसअघि निर्देशक रहेका डा. सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत फागुन ४ गते सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका थिए।

नव नियुक्त डा. शर्मासँग चिकित्सा शिक्षा आयोगको निर्देशक, नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार जस्ता पदमा रहेर प्रशासनिक जिम्मेवारी सम्हालेको अनुभव छ।