जागृति विद्या सदन इङ्गलिस विद्यालयले भव्य समारोहका बीच आफ्नो वार्षिक परीक्षाफल प्रकाशन तथा दीक्षान्त समारोह सफलता पूर्वक सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल पोखरेलको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष गोपाल बहादुर थापा, सञ्चालक कमल पौड्याल, सञ्चालक रजनी सापकोटा, सञ्चालक तथा डाइरेक्टर कल्पना सिंह कार्की केसी र विद्यालयका प्रिन्सिपल जगदिश पाैडेलको उपस्थिति रहेको थियो।
समारोहमा विद्यालयका ५२ जना विद्यार्थीहरू दीक्षित भएका थिए। दीक्षित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समिति तथा सञ्चालक समितिले उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल जगदिश पाैडेलले सबैलाई स्वागत व्यक्त गर्दै विद्यालयको शैक्षिक प्रगति र आगामी योजनाहरू बारे जानकारी गराए। यसै अवसरमा, प्रिन्सिपल पाैडेलले नयाँ भर्नामा आउने विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको जानकारी पनि गराए। उनले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जागृति विद्या सदनमा आफ्ना बालबालिकालाई भर्ना गरी उत्कृष्ट भविष्य निर्माणमा सहभागी हुन सबै अभिभावकहरूलाई आह्वान गरे।
उक्त समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए जसले सम्पूर्ण सहभागीहरूलाई मनोरञ्जित तुल्याएको थियो।